News Portal

इरानमा कोरोना भाइरसबाट ज्यान गुमाएकाे संख्या २१० पुग्यो

हिमाली संचार संवाददाता
३३९ पटक

कुुुुुवेत – कोरोना भाइरसको सङ्क्रमणबाट शनिबारसम्म इरानमा झण्डै २१० जनाले ज्यान गुमाएका  छन् । इरानकाे राजधानी तेहरान र सुरूमा भाइरस देखा परेकाे कुम सहर काेराेना भाइरसकाे उच्च प्रभाव परेकाे अधिकारीहरुले बताएका छन् ।

इरानकाे स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सङ्ख्याभन्दा यो छ गुणा बढी रहेकाे बताएको छ । शुुक्रबार सरकारी अधिकारीहरुले कोरोना भाइरसबाट ३४ जनाको ज्यान गएको जानकारी दिएका थिए ।

यसअघि कुमबाट निर्वाचित एक सांसदले अधिकारीहरूले वास्तविक अवस्था लुकाएको हुनसक्ने बताएका थिए । अमेरिकाले इरानले सूचना उपलब्ध नगराएको हुनसक्ने टिप्पणी गरेको थियो।अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इस्लामिक गणतन्त्र इरानलाई सहयोगको प्रस्ताव गरेकाे शुक्रबार एउटा संसदीय समितिलाई बताउनु भएकाे थियाे ।

इरानभित्र स्वास्थ्य सेवा प्रभावकारी नरहेको र इरानले देशभित्र के भइरहेको छ भन्ने जनकारी दिन अनिच्छा देखाएको पोम्पेओले बताउनुभएको थियो । इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मुसभीले सहायता उपलब्ध गराउने अमेरिकी प्रस्ताव अस्वीकार गरेका थिए । अहिलेसम्म विश्वमा ८३,००० जनाभन्दा बढीमा काेराेना भाइरस सङ्क्रमण भएकाे पुष्टि भैसकेकाे छ ।

इरानी अधिकारीहरूले भाइरस नियन्त्रणका लागि मानिसहरूलाई घरभित्रै बस्न, अन्तरक्रिया र आवतजावत नियन्त्रण गर्न, भेलाहरूमा सहभागी नहुन र व्यक्तिगत रूपमा अपनाउनुपर्ने सावधानीका उपाय मान्न सुझाव दिइरहेका छन् ।

शनिबारबाट देशभरका विद्यालयहरूमा तीन दिन बिदा दिने निर्णय भएको छ। तेहरानको नगर परिषद्का एक अधिकारीले कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या केही हप्तामा १० देखि १५ हजार पुग्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस्

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...