News Portal

  • नायक अनमोल केसीविरुद्ध प्रहरीमा ठगीको उजुरी

    हिमाली संचार संवाददाता
    ४३० पटक

    काठमाडाैं १६, २०७६ फागुन : नायक अनमोल केसीमाथि प्रहरीमा ठगी आरोपमा उजुरी परेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँमा उनीविरुद्ध पैसा लिएर पनि फिल्म नखेलेको भन्दै उजुरी परेको परिसर श्रोतले बतायो।

    उजुरीमा उल्लेख भएअनुसार जयन श्रेष्ठ इन्टरटेनमेन्ट प्रालिबाट निर्माण हुने भनिएको एक चलचित्रमा खेल्ने सहमति गरेर केसीले अग्रिम भुक्तानी स्वरूप ५ लाख रकम लिएका थिए तर पछि उनी चलचित्रको सुटिङ गर्न गएनन्।

    उनीमाथि फिल्मका निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले शुक्रवार उजुरी दिएका हुन्। उजुरीमा आफूलाई हानी नोक्सानी पुर्‍याएको भन्दै क्षतिपूर्ति दिलाइदिन माग गरिएको छ। उनका बुवा भुवन केसी नेपालका चर्चित नायक समेत हुन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    अरबमा नेपाली श्रमिक शोषण तीव्र – धिरेन सुवेदी

    काठमाडौं– अरब मुलुकमा रहेका नेपाली श्रमिकको अवस्था अझै पनि चुनौतीपूर्ण बन्दै गएको छ। चम्किला शहर,...

    ‘लेखक र मलाई थुन्नु सुशासन हो?’– ओलीको सरकारप्रति टिप्पणी

    काठमाडौं, कार्तिक ३० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश...

    निर्वाचन आयोगमा दल संख्या १२२ कायम, ७ नयाँ दर्ता र ७ खारेज

    काठमाडौँ, कार्तिक ३० – निर्वाचन आयोगले हालसम्म १२२ वटा राजनीतिक दल दर्ता भइसकेको जानकारी दिएको...

    भोलिदेखि कोरियन भाषा परीक्षा सुरु, ६७ हजारभन्दा बढी युवाको सहभागिता

    काठमाडौँ, कार्तिक ३० – कोरियामा रोजगारी खोज्ने नेपाली युवाका लागि आवश्यक कोरियन भाषा परीक्षा भोलिदेखि देशभर...

    मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद बढ्दा सात दल सडकमा

    जनकपुरधाम, कार्तिक ३० — मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति सम्बन्धी विवाद सुल्झिनुको साटो अझै चर्किँदै गएको...