आज : २०२६-०६-१९, शुक्रबार

नायक अनमोल केसीविरुद्ध प्रहरीमा ठगीको उजुरी

काठमाडाैं १६, २०७६ फागुन : नायक अनमोल केसीमाथि प्रहरीमा ठगी आरोपमा उजुरी परेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँमा उनीविरुद्ध पैसा लिएर पनि फिल्म नखेलेको भन्दै उजुरी परेको परिसर श्रोतले बतायो।

उजुरीमा उल्लेख भएअनुसार जयन श्रेष्ठ इन्टरटेनमेन्ट प्रालिबाट निर्माण हुने भनिएको एक चलचित्रमा खेल्ने सहमति गरेर केसीले अग्रिम भुक्तानी स्वरूप ५ लाख रकम लिएका थिए तर पछि उनी चलचित्रको सुटिङ गर्न गएनन्।

उनीमाथि फिल्मका निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले शुक्रवार उजुरी दिएका हुन्। उजुरीमा आफूलाई हानी नोक्सानी पुर्‍याएको भन्दै क्षतिपूर्ति दिलाइदिन माग गरिएको छ। उनका बुवा भुवन केसी नेपालका चर्चित नायक समेत हुन।