News Portal

ओखलढुंगा-रामेछाप जोड्ने पुल उद्घाटन गर्न गएका सांसद यज्ञराजलाई स्थानीयले लखेटेपछि…

हिमाली संचार संवाददाता
४३८ पटक

ओखलढुंगा १५, २०७६ फागुन : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवारलाई स्थानीयले पुल उद्घाटन गर्न नदिएर फिर्ता पठाइदिएका छन।

ओखलढुंगा र रामेछाप जिल्ला जोड्ने सिरिसेस्थित लिखु नदीको पुल बिहीबार उद्घाटन गर्न पुगेका नेकपाका सांसद सुनुवारलाई स्थानीयले पुल उद्घाटन गर्न नदिएका हुन्। स्थानीयले पुल निर्माणका क्रममा अनियमितता भएको आरोप लगाएका छन।

सात करोडको लागतमा निर्माण भएको पुलको सांसद सुनुवारमार्फत ठेकेदार राम मैनालीले उद्घाटन गराएर भुक्तानी लिन खोजेको आरोप स्थानीयको छ। स्थानीयले पुल निर्माणमा अनियमितता गरेर कमसल खालको पुल बनाएको जनाएका छन।

नेकपाका नेता बालकृष्ण ढुङ्गेलसहितका स्थानीयले सांसद सुनुवारलाई पुल उद्घाटन गर्न नदिएर लखेटेको स्थानीयले बताएका छन्। पुल उद्घाटनमा नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद खतिवडा पनि गएनन्।

सांसद सुनुवार आफू निकटका सीमित नेता तथा कार्यकर्ता र प्रदेश सांसद मोहन खड्कालाई साथमा लिएर सिरिसे पुगेका थिए।

नेकपाका नेता ढुङ्गेल र कांग्रेसका युवा नेता खतिवडा लगायतको पहलमा निर्माण भएको पुललाई सांसद सुनुवारले आफूले जस लिन हतार–हतारमा उद्घाटन गरेर बधाइ लिन खोजेको आरोप स्थानीयको छ।

पुल उद्घाटनको कार्यक्रममा रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले पनि बहिस्कार गरिदिएका छन।

ओखलढुंगाको लिखु गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्षले समेत बहिस्कार गरेको उद्घाटनको कार्यक्रममा नेकपाकै नेता तथा कार्यकर्ताहरूले अबरोध गरेपछि सांसद सुनुवार जिल परेका छन।

प्रतिकृया दिनुहोस्

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...