News Portal

हङकङ सरकारले दश हजार हङकङ डलर दिने

युवा राई
४८८ पटक

युवा राई

हङकङ । हङकङ सरकारले आज बुधवार बजेट विनियोजन प्रस्तुत गर्ने क्रममा १८ बर्ष भन्दा माथीका प्रत्येक आफ्ना नागरिकलाई दश हजार हङकङ डलर राहत स्वरुप वितरण गर्ने धोषणा गरेको छ। 

वित्तीय सचिव पौल चानले बुधवार विहान स्थानीय समयअनुसार ११ बजेको बजेट भाषण गर्ने क्रममा राहत प्याकेज १२० अर्ब डलर रहेको जनाएको हो। 

हङकङ सरकारको सुपुर्दगी विधेयक विरुद्धको आन्दोलनबाट आन्दोलित हङकङका जनता सरकार विरुद्धको आन्दोलनमा अझै आन्दोलित रहेको अबस्थामा, चीनको हुवेइ प्रान्तबाट महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमणले हङकङ पनि नराम्रो संग प्रभावित भए पछि हङकङको अर्थतन्त्रमा नराम्रो संग दख्खल पुगेको कारण हङकङ सरकारलाई संसदले दबाव दिएको थियो।

हङकङ सरकारले जनता र विभिन्न कम्पनीहरुको आर्थिक भार कम गर्न र रोजगार बढाउन यो नीति अवलम्बन गरेको बताइन्छ। हङकङ सरकारले जनताको समस्या समाधान गर्न न्यूनतम दरमा ऋण दिने, कम आयआर्जन भएको परिवारलाई मासिक भत्ता दोब्बर, विश्वविद्यालयका प्रवेश शुल्क मिनाहा, कम्पनीहरुले तिर्नु पर्ने मुनाफा कर धटाएको,सरकारी भाडा दर कम र विधुत महशुल समेत अनुदान दिने ब्याबस्था गरेको बताईएको छ।

हङकङ सरकार विरुद्धका प्रदर्शन र कोभिड-१९ प्रकोपले गर्दा विश्वव्यापी आर्थिक मन्दीविरुद्ध सहयोग स्वरुप हङकङ सरकारले बजेट विनियोजन गरेको हो। 

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...