News Portal

हङकङ सरकारले दश हजार हङकङ डलर दिने

युवा राई
४४३ पटक

युवा राई

हङकङ । हङकङ सरकारले आज बुधवार बजेट विनियोजन प्रस्तुत गर्ने क्रममा १८ बर्ष भन्दा माथीका प्रत्येक आफ्ना नागरिकलाई दश हजार हङकङ डलर राहत स्वरुप वितरण गर्ने धोषणा गरेको छ। 

वित्तीय सचिव पौल चानले बुधवार विहान स्थानीय समयअनुसार ११ बजेको बजेट भाषण गर्ने क्रममा राहत प्याकेज १२० अर्ब डलर रहेको जनाएको हो। 

हङकङ सरकारको सुपुर्दगी विधेयक विरुद्धको आन्दोलनबाट आन्दोलित हङकङका जनता सरकार विरुद्धको आन्दोलनमा अझै आन्दोलित रहेको अबस्थामा, चीनको हुवेइ प्रान्तबाट महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमणले हङकङ पनि नराम्रो संग प्रभावित भए पछि हङकङको अर्थतन्त्रमा नराम्रो संग दख्खल पुगेको कारण हङकङ सरकारलाई संसदले दबाव दिएको थियो।

हङकङ सरकारले जनता र विभिन्न कम्पनीहरुको आर्थिक भार कम गर्न र रोजगार बढाउन यो नीति अवलम्बन गरेको बताइन्छ। हङकङ सरकारले जनताको समस्या समाधान गर्न न्यूनतम दरमा ऋण दिने, कम आयआर्जन भएको परिवारलाई मासिक भत्ता दोब्बर, विश्वविद्यालयका प्रवेश शुल्क मिनाहा, कम्पनीहरुले तिर्नु पर्ने मुनाफा कर धटाएको,सरकारी भाडा दर कम र विधुत महशुल समेत अनुदान दिने ब्याबस्था गरेको बताईएको छ।

हङकङ सरकार विरुद्धका प्रदर्शन र कोभिड-१९ प्रकोपले गर्दा विश्वव्यापी आर्थिक मन्दीविरुद्ध सहयोग स्वरुप हङकङ सरकारले बजेट विनियोजन गरेको हो। 

प्रतिकृया दिनुहोस्

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...