News Portal

रहस्यमय मृत्यु प्रकरणः अध्यक्ष र इन्चार्ज पक्राउ, (भिडियोसहित)

हिमाली संचार संवाददाता
४४६ पटक

मोरङ – जीवन  बचाउ उपचार सेवा गृहमा एक जना युवाको रहस्यमय तरिकाले मृत्युसँगै अध्यक्ष र इन्चार्जलाई पक्राउ गरिएको छ ।

आइतबार साँझ उर्लाबारी–७ स्थित गृहको शौचालयको भेन्टिलेसनमा उर्लाबारी–२ का १९ बर्षीय विशाल श्रेष्ठको झुण्डिएको अवस्थामा भेटिएको थियो । प्रहरीले जाहेरी दर्ता गरेसँगै गृहका अध्यक्ष शेखर कार्की र इन्चार्ज रवीन्द्र दाहाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिइसकेको छ । प्रहरीले जाहेरी दर्ता गर्न आनाकानी गरेका कारण शव पोष्टमार्टमका लागि उठाउन ढिलाई भएको पीडित परिवार जनाएको छ ।

यसैगरी सशस्त्र प्रहरी वेश क्याम्पका प्रहरी निरीक्षक मात्रिका पौडेललाई हातपातको प्रयास गरेपछि माहोल भड्किएको थियो । विहानदेखि नै प्रहरीले समन्वयकारी भूमिका निर्वाह गरेको थियो । शव पोष्टमार्टमका लागि लैजाने तयारी भएसँगै मादक पदार्थ सेवन गरेका एक ब्यक्तिले भीड उत्तेजक बनाउन हातपातको प्रयास गरेका थिए ।

सोही क्रममा गृहका सल्लाहकार बाझाङ राईलाई आक्रोशित भिडले आक्रमणको प्रयास गरेको थियो । जनपथ र सशस्त्र प्रहरीको टोलीले सुरक्षा प्रदान गरी घटना स्थलबाट बाहिर निकालेका थिए ।

भिडियो:

https://www.youtube.com/watch?v=W9dkioyOaFU&t=169s

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...