News Portal

कञ्चनपुरका ३ प्रहरी अधिकारीमाथि विभागीय कारवाहीको तयारी

८३१ पटक

९ भदौ, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय छात्रा निर्मला पन्तका हत्यारालाई तीन हप्तासम्म खोजविन  र कारवाही नगरेको आरोप लागेका एसपी, डीएसपी र मुद्दा फाँटका प्रहरीलाई गृहमन्त्रालयले थप कारवाही प्रक्रिया अगाडि बढाएको छ । घटनामा अनुसन्धानको माग भइरहेकाले एसपीका छोरालाई समेत पक्राउ गरिने भएको छ ।

निर्मलाको हत्याको घटनामा निश्पक्ष छानविन गर्नुको साटो तीन हप्तासम्म जिम्मेवारी ननिभाएको आरोप लागेपछि गृहमन्त्रालयले भदौ ७ गते कञ्चनपुरका एसपी डिल्लीराज विष्ट, डीएसपी ज्ञानबहादुर सेटी  र प्रमुख जिल्ला अधिकारीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

अब उनीहरुलाई गृहमन्त्रालयमा झिकाएर कञ्चनपुर घटनाबारे वयान लिइने स्रोतले अनलाइनखबरलाई बतायो । यसका लागि प्रधानमन्त्री केपी ओलीले शनिबार बिहानै बालुवाटारमा गृहमन्त्री रामबहादुर थापा (बादल)लाई निर्देशन दिएको बुझिएको छ ।

साथै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत मुद्दा फाँटका प्रहरी अधिकारीलाई पनि गृहमन्त्रालयमा बोलाएर सोधपुछ गरिने गृहस्रोतले अनलाइनबखरलाई बतायो ।

निर्मलाको बलात्कार सम्बन्धी घटनामा शंकास्पद देखिएको भनिएका एसपीका छोरा र मेयरका भतिजालाई समेत अनुसन्धानको दायरामा ल्याउन गृहमन्त्रालयले जिल्लालाई निर्देशन दिनेबारे प्रधानमन्त्री र गृहमन्त्रीवीच छलफल भएको स्रोतले बतायो ।

यसका साथै बलात्कार र हत्याको घटनामा अनुसन्धानका लागि यसअघि पक्राउ गरेर तारेखमा छाडिएका दुई युवालाई पनि पक्राउ गरेर थप अनुसन्धान गर्न गृहले मातहतलाई निर्देशन दिएको बुझिएको छ ।

आफ्नो कर्तव्य निर्वाह गर्न नसकेर फिर्ता बोलाइएका कञ्चनपुरका सिडियो, एसपी र डीएसपीलाई सरकारले विभागीय कारवाही गर्छ वा स्थानीयको विरोधलाई मत्थर पार्नका लागि सरुवा मात्रै गर्छ भन्ने अझै स्पष्ट भइसकेको छैन ।

यसैवीच शुक्रबार जिम्मेवारी सम्हालेका नयाँ सिडियो, एसपी र डीएसपीले पनि बालकको ज्यान जानेगरी गोलीकाण्ड मच्चाइसकेका छन् । उनीहरुमाथि चाहिँ गृहमन्त्रालयले कुनै कारवाहीको प्रक्रिया अघि नबढाएको स्रोतले अनलाइनखबरलाई बतायो । अनलाइनखबर

प्रतिकृया दिनुहोस्

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...