News Portal

  • कञ्चनपुरका ३ प्रहरी अधिकारीमाथि विभागीय कारवाहीको तयारी

    ७६३ पटक

    ९ भदौ, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय छात्रा निर्मला पन्तका हत्यारालाई तीन हप्तासम्म खोजविन  र कारवाही नगरेको आरोप लागेका एसपी, डीएसपी र मुद्दा फाँटका प्रहरीलाई गृहमन्त्रालयले थप कारवाही प्रक्रिया अगाडि बढाएको छ । घटनामा अनुसन्धानको माग भइरहेकाले एसपीका छोरालाई समेत पक्राउ गरिने भएको छ ।

    निर्मलाको हत्याको घटनामा निश्पक्ष छानविन गर्नुको साटो तीन हप्तासम्म जिम्मेवारी ननिभाएको आरोप लागेपछि गृहमन्त्रालयले भदौ ७ गते कञ्चनपुरका एसपी डिल्लीराज विष्ट, डीएसपी ज्ञानबहादुर सेटी  र प्रमुख जिल्ला अधिकारीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

    अब उनीहरुलाई गृहमन्त्रालयमा झिकाएर कञ्चनपुर घटनाबारे वयान लिइने स्रोतले अनलाइनखबरलाई बतायो । यसका लागि प्रधानमन्त्री केपी ओलीले शनिबार बिहानै बालुवाटारमा गृहमन्त्री रामबहादुर थापा (बादल)लाई निर्देशन दिएको बुझिएको छ ।

    साथै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत मुद्दा फाँटका प्रहरी अधिकारीलाई पनि गृहमन्त्रालयमा बोलाएर सोधपुछ गरिने गृहस्रोतले अनलाइनबखरलाई बतायो ।

    निर्मलाको बलात्कार सम्बन्धी घटनामा शंकास्पद देखिएको भनिएका एसपीका छोरा र मेयरका भतिजालाई समेत अनुसन्धानको दायरामा ल्याउन गृहमन्त्रालयले जिल्लालाई निर्देशन दिनेबारे प्रधानमन्त्री र गृहमन्त्रीवीच छलफल भएको स्रोतले बतायो ।

    यसका साथै बलात्कार र हत्याको घटनामा अनुसन्धानका लागि यसअघि पक्राउ गरेर तारेखमा छाडिएका दुई युवालाई पनि पक्राउ गरेर थप अनुसन्धान गर्न गृहले मातहतलाई निर्देशन दिएको बुझिएको छ ।

    आफ्नो कर्तव्य निर्वाह गर्न नसकेर फिर्ता बोलाइएका कञ्चनपुरका सिडियो, एसपी र डीएसपीलाई सरकारले विभागीय कारवाही गर्छ वा स्थानीयको विरोधलाई मत्थर पार्नका लागि सरुवा मात्रै गर्छ भन्ने अझै स्पष्ट भइसकेको छैन ।

    यसैवीच शुक्रबार जिम्मेवारी सम्हालेका नयाँ सिडियो, एसपी र डीएसपीले पनि बालकको ज्यान जानेगरी गोलीकाण्ड मच्चाइसकेका छन् । उनीहरुमाथि चाहिँ गृहमन्त्रालयले कुनै कारवाहीको प्रक्रिया अघि नबढाएको स्रोतले अनलाइनखबरलाई बतायो । अनलाइनखबर

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...