News Portal

भलिबल टुर्नामेन्ट खेल रद्द, यस्तो छ कारण !

हिमाली संचार संवाददाता
६५८ पटक

कुवेत २५, २०२० फेब्रुअरी : गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले आयोजना गरेको भलिबल टुर्नामेन्ट खेल रद्द गरेको छ।

सोमबार बिहान कुवेतमा ३ जना कोरोना संक्रमित व्यक्तिहरूलाई क्वारेन्टाइन गरेपश्चात कुवेत सरकारले पुर्ण सतर्कता अपनाउँदै यहाँको राष्ट्रिय दिवसमा हुने विभिन्न किसिमका हजारौंको संख्यामा हुने जमघट तथा विभिन्न किसिमको एक्जिविशनहरु समेत रद्द गरेका कारण एनसिसी कुवेतले सो खेल रद्द गरेको अध्यक्ष सुजन केसि र महासचिव मानबहादुर तामाङ (दिलकुमार पाख्रीन)द्वारा जारी बिज्ञप्तीमा जनाइएको छ।

बिज्ञप्तीमा भनिएको छ- यो संक्रमणको अन्त्य नभईन्जेलका लागि स्थगित गरिएको जानकारी गराउँदछौं। साथै कार्यक्रमको अन्तिम अवस्थामा आइपुगेर पनि कार्यक्रम स्थगित गर्नुपर्दा अत्यन्तै दुख तुल्याएको बताएको छ। एनिसिसि कुवेतले अझ यस्तो निर्णयले यहाँहरुप्रती पर्न गएको असुविधाप्रती क्षमा याचना गरेको छ।

यो पनि पढ्नुहोस।

एनआरएनए भलिबल टुर्नामेन्ट-२०२० को खेल तालिका सार्वजनिक (तालिका सहित)

हेर्नुहोस बिज्ञप्ती जस्ताको तस्तै:-

गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत

मिती : २४ फेब्रुवरी २०२०

अत्यन्तै जरुरी सुचना ॥

आज बिहान कुवेतमा तीन जना कोरोना संक्रमित व्यक्तिहरूलाई क्वारेन्टाइन गरेपश्चात कुवेत सरकारले पुर्ण सतर्कता अपनाउँदै यहाँको राष्ट्रिय दिवसमा हुने विभिन्न किसिमका हजारौंको संख्यामा जम्मा हुने जमघट तथा विभिन्न किसिमको एक्जिविशनहरु समेत रद्द गरेको अबस्था छ। पछिल्लो अपडेट अनुसार कुवेतमा हुने सबै किसिमको खेलकुदको क्रियाकलापहरू समेत यहाको सरकारले रद्द गर्ने भएको छ साथै कुवेतस्थित नियोग र नेपाली समाजको बुद्धिजीवी तथा विभिन्न विशिस्ट ब्याक्तित्वहरुसंगको सल्लाह सुझाव अनुसार हामि सबैको जीवन र स्वास्थ्यको अत्यन्तै गम्भिरतापूर्वक ध्यानमा राख्दै भोलिको कार्यक्रम भलिबल टुर्नामेन्ट यो संक्रमणको अन्त्य नभईन्जेलका लागि स्थगित गरिएको जानकारी गराउँदछौं । हामी कार्यक्रमको अन्तिम अवस्थामा आइपुगेर पनि कार्यक्रम स्थगित गर्नुपर्दा अत्यन्तै दुखित छौँ नै अझ यो निर्णयले यहाँहरुप्रती पर्न गएको अशुविधा प्रती एनआरएनए एनिसिसि, कुवेत परिवार क्षमा प्रार्थी छौं।

अध्यक्ष – सुजन केसि  महासचिव – दिलकुमार पाखीन

प्रतिकृया दिनुहोस्

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...