News Portal

चितवन कांग्रेसद्वारा जिल्ला बन्द आह्वान, कारण यस्तो छ !

हिमाली संचार संवाददाता
४७५ पटक

भरतपुर : कम्युनिस्ट सरकारले मागहरूका विषयमा चासो नदेखाएपछि नेपाली कांग्रेसले चितवन बन्दको आह्वान गरेको छ।

चितवन कांग्रेसका सभापति जीतनारायण श्रेष्ठले सोमबार विज्ञप्ति जारी गरेर फागुन १५ गते चितवन बन्दको आहवन गरेका हुन।

विज्ञप्तिअनुसार फागुन १२ गते चौवीसकोटीमा चक्का जाम, फागुन १३ गते साढे १२ बजेदेखि साढे १ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना र फागुन १४ गते लायन चोक पुल्चोकमा मसाल जुलुस प्रदर्शन गरिनेछ।

माडी नगरपालिका वडा नम्बर १ का नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष कृष्णप्रसाद पौडेल फागुन ७ गतेदेखि बाँदरझुलादेखि अमेलियासम्मका सुकुम्बासीहरूको समस्या समाधान लगायत सात सूत्रीय माग राखेर अनशनरत छन।

सोमबार छैटौँ दिन हुँदा पनि वडाध्यक्ष पौडेलको मागको सुनुवाई नभएपछि चितवन कांग्रेसले दवाव दिन बाध्य भएर बन्द लगायतका संघर्षको कार्यक्रम घोषणा गरेको सभापति श्रेष्ठले बताए।

अनशन बसेका वडाध्यक्ष पौडेलको स्वास्थ्य अवस्था चिन्ताजनक हुँदा समेत सरोकारवाला निकायबाट चासो दिइएको छैन।

यो क्षेत्र नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको क्षेत्र पनि पर्छ। दाहालले माग पूरा गर्ने भनेर पटकपटक आश्वासन दिँदै आएका छन तर, मागको कुनै सुनुवाई हुन सकेको छैन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...