News Portal

विद्युतीय हाजिरी जडान भएपछि शिक्षकहरु समयमै हाजिरी हुन थाले

हिमाली संचार संवाददाता
२०२ पटक

रबिन्द्र बरल -सामुदायिक बिधालयमा नियमित पठनपाठन र शिक्षकको निरन्तरताका लागि माेरङकाे रंगेली नगरपालिकाले विद्यालय हरुमा विद्युतीय हाजिरी जडान गरेको छ।
विद्यालय समयभित्र अनिवार्य पठनपाठन गराउन रंगेली नगरपालिकाले विद्युतीय हाजिरी सञ्चालनमा ल्याएको छ । विद्यालय नियमित सञ्चालन भए नभएको, शिक्षक आए नआएको जस्ता गुनासा सुन्न नपरोस् र शिक्षा विकासमा सकारात्मक प्रभावका लागि विद्युतीय हाजिरी शुरु गरिएको रंगेली नगरपालिकाका शिक्षा साखा अधिकृत रबिन्द्र पंन्डित ले बताए । नगरपालिकाले नमूना परीक्षणका लागि पहिलोपटक माध्यमिक तहका विद्यालयमा जडान गर्ने र विस्तारै अन्य सबै आधारभूत विद्यालयमा समेत बिधुतिय हाजिरी जडान गर्ने तयारी थालिएको पंडित ले बताए । पहिलाे चरणमा नगरपालिका ले पव्लिम उच्च माध्यमिक बिधालय ,अादर्श माध्यमिक बिधालय , जनता माध्यमिक बिधालय , रत्न उच्च माध्यमिक बिधालय , गणेश माध्यमिक बिधालय लागायत १२ बाट बिधालय मा पहिलोपटक विद्युतीय हाजिरी शुरु सन्चालन गरिएको हाे । विद्युतीय हाजिरी जडानसँगै शिक्षक बिहान १० बजे र साँझ ४ बजे अनिवार्य रुपमा हाजिरी गर्नुपर्ने हुन्छ। बिधुतिय हाजिरी नहुदा बिधालय मा शिक्षक हरु कहिले ११ बजे कहिले १२ बजेसम्म बिधालयमा हाजिरी हुने गर्देथिए । रंगेली नगरपालिकाले शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि अरु नयाँ अभ्यासको थालनी गरिरहेको छ। ई–हाजिरसँगै विद्यालय निरन्तरता र प्रभावकारी शिक्षण सिकाइलाई ध्यानमा राखेर नगरपालिका बाटै छड्के अनुगमन समेत गरिदै अाएकाे रंगेली नगरपालिकाका बडा अध्यक्ष रामचन्द्र मंन्डलले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ७ गतेको राशिफल

आज माघ ७, २०८२ (जनवरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...