आज : २०२६-०६-०८, सोमबार

=== मुक्तक ===

~ सुमित्रा सिंह ठकुरी

जब कु-संस्कारबाट हुर्कदै उ जवान हुनेछ
तब प्रेमिकाको शरिर पनि सामान हुनेछ

नाङगिएर फाँसिको माग राख्न ब्यर्थ छ साथी
न्यायधिसबाटै अपराधीलाई आममाफिको आह्वान हुनेछ

अन्धो अनि बहिराहरुले राज गरेको मेरो देशमा
भिखारीलाई कारबाही भ्रस्टचारीको सम्मान हुनेछ

स्थानीय सरकारको मनोमानि नरोक्ने हो भने हेर्नुस
गर्भ भित्रै शिशूको पनि कर लाग्ने बिधान हुनेछ।।

– तीनकन्या, सिन्धुली
हाल : काठमाडौ