News Portal

धरान रनमा श्रृंखला खतिवडाको पनि सहभागिता (फोटोफिचर)

हिमाली संचार संवाददाता
५३२ पटक

धरान । धरान रन समूहद्वारा आयोजित ‘प्रभु बैंक १० के रन आठौं नेवा च्यारिटी धरान रन शु्क्रबार सम्पन्न भएको छ। विभिन्न उमेर समूहका करिब ४ हजार भन्दा बढी धावकहरुले धरान रनमा सहभागीता जनाएका थिए ।

धरान रन प्रतियोगितामा मलेसिया, बंगलादेशका, यूके, हङकङ, र भारतलगायतका देशबाट धावकहरुको सहभागीता जनाएका थिए। आयोजित कार्यक्रममा धरान उपमहानगरपालिका मेयर तिलक राई, उपमेयर मन्जु भण्डारी सुवेदी, इप्रका धरानका डिएसपी, पूर्व मिस नेपाल श्रृंखला खतिवडाले पनि सहभागिता जनाएका छन् ।

प्रतियोगिताको खुल्लातर्फ महिला र पुरुष पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमसः नगद ५० हजार, ३० हजार र २० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ भने प्रथम पुरस्कारमा १० हजार वृद्धि गरेका छन् । धरान रनमा यो पटक १२ वर्षभन्दा तलका, १२ देखि १६ वर्षसम्मका र ४० वर्षमाथीका भेट्रानको महिला र पुरुषतर्फको पहिलो, दोस्रो र तेस्रोले क्रमस नगद ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। धरानका स्थानीय धावकहरुलाई प्रोत्साहन स्वरुप पहिलो र दोस्रो १ जना महिला र १ जना पुरुषलाई समेत पुरस्कृत गर्ने कार्यक्रम रहेको थियो। त्यसै गरी धरान रन पूरा गरी आइपुग्ने करिब २ हजार धावकहरुलाई धरान रनका टिसर्ट र मेडल प्रदान गरिएको छ ।

आयोजकका अनुसार रनबाट बचेको रकमले ‘नेवा एजुकेशन फण्ड’ अन्तर्गत धरानका सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई प्रदान गदै आएको छात्रवृद्धिलाई निरन्तरता दिने भनिएको छ। 

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...