News Portal

  • समाजसेवी बलवहादुरले गरे दुई महिने बालकलाई सहयोग

    हिमाली संचार संवाददाता
    २९८ पटक

    रबिन्द्र बराल -नवजात शिशुलाई जन्म दिएकाे केही घन्टा पछि अामाकाे मृत्यु भए पछि दुई महिने दुघे बालककाे बिचल्ली भएको खवर हिमाली संन्चार अनलाइनमा प्रसारण भए पछि एक समाजसेविले उक्त दुघे बालकलाई सहयोग गरेका छन । माेरङकाे रतुवामाई नगरपालिका घर भएका हाल बिराटनगर बसाेवास गर्दे अाएका समाज प्रेमि बलवाहादुर बस्नेतले दुई महिने बालक तथा उनका हजुर अामा र हजुर बुबा लाई जिन्सी सहयोग गरेका छन । उनले दुधे बालक लाई ५ डिब्बा ल्याक्टाे दुघ,सानाे झुल, व्याल्नकेट,लुगा, र बालक लाई दूध खुवाउन का लागि नगद २ हजार समेत दिएका छन । भने पालनपोषण गर्ने हजुर अामा र बा लाई दुई थान साडी ,५० केजि चामल ,१० केजी पिठो ,२० केजि अालु, हर्लिस, ५ केजि नुन, १० केजि दाल, झुल,५ लिटर खाने तेल, लगायतका सामाग्री हरु बितरण गरेका थिए । बस्नेत ले भने अाफुले विभिन्न अनलाइन मा खवर प्रसारण भएको देखेपछि अाफुलेे बच्चाको दुख बुझेर जिन्सी तथा अार्थिक सहयोग गर्ने ईच्छा भएको हुनाले सहयोग गरेको र गरिव र असायह हरु काे सधैं सहयोग गरिरहने समेत बताए । स्थानीय बडा अध्यक्ष ,बुद्धिजीवी , समाज सेवि लगायतको उपस्थिति समेत रहेको थियोे । माेरङकाे सुनवर्सि नगरपालिका ६ स्थित गधाधर माध्यमिक बिधालय देखि उत्तरमा रहेकाे केरन्जा नजिकै मुसहर टाेलमा बसाेबास गर्दे अाएका ७० बर्षकी निसि देवि ऋिषिदेव ले भनिन यस्तो सहयोग गरेकाे मा बलवहादुर बस्नेत लाई धन्यवाद समेत दिदै अरु सहयोगी हात हरुले पनि सहयोग गर्न अाग्रह समेत गरिकि छिन । अहिले दुई महिनेे रेनुका ऋिषिदेव नातिनी लाई पालनपोषण गर्ने हम्मेहम्मे परेको समेत बताईन । भान्जा कलशदेव ऋिषिदेव काे १० घुर जग्गामा सानाे घर बनाएर बसिरहेका छन । घरमा एक दाना चामल समेत छैन, काम गर्ने जाउभने शरिरमा शक्ति छैन, उनी हरु भान्जा कै घरमा बसेर खाई रहेका छन । शिशुलाई हुर्काउन सहयोगी संस्था हरुकाे अाबश्यक रहेको समाज सेवि बैजनाथ झा ले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    भद्रपुरमा राँगा काट्ने क्रममा दुर्घटना, एक जनाको मृत्यु

    झापा, असोज १४ – झापाको भद्रपुर नगरपालिका–१ मा राँगा काट्ने क्रममा भएको दुर्घटनामा एक व्यक्तिको...

    आज २०८२ साल असोज १४ गतेको राशिफल

    आज असोज १३, २०८२ (सेप्टेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कारागारमा रविलाई भेट्न नपाएपछि निकोलस भुसालको आक्रोश

    काठमाडौं, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका...

    रूपन्देहीका उद्योगीहरू विद्युत महसुल विवादमा तनावमा

    बुटवल, असोज १३ – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत प्रयोग गर्ने उद्योगीहरूलाई बक्यौता...

    अस्पतालमा उपचाररत देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना पठाए

    काठमाडौं, असोज १३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई नेपालको...