News Portal

तपाइको राशिफल : आज २०७५ साल भाद्र गते ९ शनिवार, तदअनुसार अगष्ट २५, २०१८

हिमाली संचार संवाददाता
७४१ पटक

– ज्यो.प. नारायणप्रसाद दुलाल,

मेष : कार्यसिद्धि हुने अवसर मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । भाग्यले विभिन्न अवसर जुराउनेछ । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मध्य सातामा भने अरुको भरपर्दा धोकामा परिने हानी हुने र विश्वास गुम्नेछ । आफ्नो महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । यो साताका लागि शुभअङ्क ४,५ र शुभरङ्ग गुलाबी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गर्नाले अधिक सफलता मिल्नेछ ।

वृष : आफन्तको सहयोग प्राप्त हुनेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । वित्तिय संस्था बाट सहयोग पाईनेछ । साताको अन्त्यमा  प्रेममा मनमुटावका साथै मन कमजोर रहला । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग सेतो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन गर्नाले अधिक लाभ मिल्नेछ ।

मिथुन : सुरुका दिनमा केहि अफ्ठ्यारा परिस्थितिको सामना गर्नुपर्नेछ मनमा दुविधा उत्पन्न हुनेछ । मध्य साताबाट मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । यो साताका लागि शुभअङ्क २,३ र शुभरङ्ग हरियो वा घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व शिव भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कर्कट : आँटेको र ताकेको कार्य पुरा हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिकरसांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । मध्य सातामा अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आफ्नो इष्टदेवताको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

सिंह : समय प्रतिकुल भई कुलतमा मन जानेछ । मानसिक चिन्ता बढ्नेछ । घर परिवारमा झैँ–झमेलाको अवस्था आउला । मध्या साताबाट धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । यो साताका लागि शुभअङ्क ५,७ र शुभरङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कन्या : नयाँ काम वा रोजगार पाईनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । साताको अन्त्यमा बोलीको विपरीत अर्थ लाग्नसक्छ संयम रहनु होला । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग खैरो वा आकाशेरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बिष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

तुला : आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सरकारी निकाएको भय रहला । मध्य साताबाट धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आकस्मिक धन लाभ हुनेछ । वाहान सुख मिल्नेछ । यो साताका लागि शुभअङ्क ४,७ र शुभरङ्ग सेतो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महादेवको ध्यान गरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक : धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । यो साताका लागि शुभअङ्क २,८ र शुभरङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

धनु : शुभकार्यको चर्चा चल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सातको मध्यमाभने लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग हरियो वा खैरो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शनगरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

मकर : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । अध्ययन अध्यापनमा सुधार आउनेछ । व्यावसायिक कार्यमा राम्रै फड्को मार्न सकिनेछ । पारिवारिक सद्भाव बढ्नेछ । रोजगारको अवसर पनि मिल्नेछ । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग नीलो वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि महादेवको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

कुम्भ : आफूलाई कमजोर भएको अनुभूतिहुनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आउनेछ । मनमा चञ्चलता बढ्नेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । मध्य सातामा शुभकार्यको चर्चा चल्नेछ । आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । यो साताका लागि शुभअङ्क ५,८ र शुभरङ्ग सुन्तलारङ्ग वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको दर्शनगरी आरम्भ कार्य गर्दा अधिक सफलता मिल्नेछ ।

मीन : पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । यो साताका लागि शुभअङ्क १,८ र शुभरङ्ग पहेंलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...