News Portal

बनगाड खोलाले बगायो माइक्रो बस, यात्रुले हामफालेर ज्यान जोगाए

हिमाली संचार संवाददाता
७६९ पटक

दुर्गा बीसी/सल्यान – छिन्चु-जाजरकोट सडकखण्ड अन्तर्गत सल्यानको बनगाड खोलाको बाढीले माइक्रो बस बगाएको छ । खोला पार गर्दागर्दै बाढीले गाडी बगाउन थालेपछि यात्रुहरुले हाम फालेर ज्यान जोगाएका छन् ।

जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको हाइस माइक्रो बस बिहीबार बाढीमा बगेको हो । यात्रुहरुले हाम फालेर ज्यान जोगाए पनि उनीहरुका झोला लगायतका सामान भने बगेको छ । ढुंगामा अड्किएको गाडीलाई डोजरको सहायताले निकालिएको थियो ।

उक्त खोलामा निर्माणाधीन पक्की पुल यसअघि नै खोलाले बगाइसकेको छ । समयमै पुल निर्माणको काम नसकिँदा बाढीले बगाएको स्थानीय बताउँछन् । लामा कन्सट्रक्स कम्पनीले पुल निर्माणको जिम्मा पाएको छ ।

पुल नभएपछि वर्षायाममा आवतजावत गर्न समस्या परेको छ । कतिपयले पैदलयात्रु र गाडीहरुले जोखिम मोलेरै बाढी तर्ने गर्दछन् ।

खोलामा आएको बाढी नघट्दासम्म गाडीहरु रोकिनुपर्दा यात्रुहरु बाटोमै अलपत्र पर्दछन् ।

छिन्चु-जाजरकोट सडकखण्डमा पर्ने बनगाड खोला तरेर सल्यान, सुर्खेत, जाजरकोट, डोल्पा, रुकुम लगायतका जिल्लामा दैनिक हजारौं व्यक्तिहरु आवतजावत गर्दछन् ।

प्रतिकृया दिनुहोस्

एकैदिन सुनको मूल्यमा ११ हजार रुपैयाँको गिरावट

काठमाडौं, फागुन २० – अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। बुधबार...

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु प्रहरीले गर्यो नस्ट

काठमाडौं, फागुन २० — नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा बिहानै फेला परेको शंकास्पद...

मलंगवामा मतदान अधिकृतको निधन

मलंगवा – सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवा स्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक...

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौँ। (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ। का...

दुबई र आबुधावी विमानस्थल आंशिक रूपमा सञ्चालनमा

काठमाडौं, फागुन १९ – खाडी क्षेत्रमा जारी तनावका कारण केही समयदेखि अवरुद्ध बनेका Dubai International...