News Portal

सञ्चारमन्त्री बास्कोटाले राजीनामा दिए

हिमाली संचार संवाददाता
४४४ पटक

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका अडियोटेप सार्वजनिक भएपछि मन्त्री बास्कोटाले राजिनामा दिएका हुन।

प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले सञ्चारमन्त्री बास्कोटाको राजिनामा माग गर्दै संसद बैठकमा उठेर विरोध जानाउदा सदन अबरुद्ध भएपछि बास्कोटाको राजीनामा आएको सभामुख अग्निप्रसाद सापकोटाले संसदमा जानकारी गराएका थिए। उनले भने, ‘औपचारिक पत्र त आउने नै छ । मलाई अनौपचारिक रुपमा जानकारी भएअनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नु भएको छ । र, सरकारको ध्यानाकर्षण पनि भइसकेको छ ।’

स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीमा आधारित अडियोटेपमा ७० करोड कमिसन आउँदा त्यसको कति भनेर सोध्ने सञ्चारमन्त्री बास्कोटालाई मिश्रले ५४/५५ करोड जति कमिसन हुने प्रष्ट सुनिएको अडियोटेप सार्वजनिक भएको थियो।

सार्वजनिक लेखा समितिले बोलाएको छलफलमा समेत विज्ञको रुपमा मिश्र सहभागि थिए। यस प्रकरणको सम्पादन हुने क्रम रोकियो तर नेपथ्यमा जे थियो त्यो खोजविन, छानविन गरेर तथ्यपूर्ण अनुसन्धान गरिनु पर्ने सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे मन्त्रिपरिषदमा समेत पटकपटक छलफल भएकाले यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने, यसलाई भ्रष्टाचारको विषय बनाउनुपर्ने नेपाली काग्रेसको प्रवक्ता विश्वप्रकास शर्माले पत्रकार सम्मेलनमा बताएका छन्। 

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...