News Portal

समाचारमा सत्यता छैन

हिमाली संचार संवाददाता
४६१७ पटक

काठमाडौं : बिभिन्न सञ्चारमाध्यममा आफु बिरुद्ध अनर्गल समाचार आएको भन्दै युवा नेता शिशिर तामाङले खण्डन गर्नुभएको छ। आफ्नो नाम जोडेर अनर्गल तथा तथ्यहीन सामग्री प्रकाशित भएको भन्दै उहाँले आपत्ति समेत जनाउनुभएको छ।

‘युवा संगठनका संयोजक शिशिर तामाङद्वारा श्रीमती लाई निर्घात कुटपिट, बाहिर युवती संग मस्ती’ शीर्षकमा समाचार प्रकाशित भएको छ, यसमा कतिपनि सत्यता छैन्,उहाँले भन्नुभयो, मेरो राजनितीक करियर बिरुद्ध खेलिएको यो षणयन्त्र हो।

उहाँको श्रीमतीले समेत समाचारमा आपत्ति जनाउदै भन्नुभएको छ, उक्त समाचारमा केही समयअघि मेरो आँखाको डिलमा चोट लागेको थियो। सोही फोटो आठ वर्षपछि प्रकाशित गरी मेरो श्रीमान् मानबहादुर तामा (शिशिर) ले साउन २१ गते राति मदिरा सेवन गरी अन्धाधुन्ध प्रहार गरेको भनी समाचारमा प्रकाशित भएको छ।

मेरो श्रीमान् सांगठानिक र व्यक्तिगत केही व्यावसायिक कामका सिलसिलामा दिउँसोको समय सधै घरबाहिर रहने र हरेक साँझ र विहान म घरमै हुने गर्नुभएको छ। पार्टी, संगठन र व्यावसायका सिलसिलामा विभिन्न उहाँको महिला तथा पुरुष साथीहरुसँग निकट हुनुलाई मैले स्वाभाविक नै मानेको छु तर, अरु कोही महिला वा पुरुषका कारणले हामीबीचमा कुनै प्रकारको वैमनस्यता, झैँझगडा भएको छैन।

काल्पनिक समाचारका आधारमा व्यक्तिको सामाजिक तथा व्यक्तिगत जीवनमा धावा बोल्न खोजिएको उहाँको भनाई छ।

प्रतिकृया दिनुहोस्

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...