News Portal

सुनको मूल्यले तोड्यो अहिलेसम्मकै रेकर्ड

सुनको मूल्यले तोड्यो अहिलेसम्मकै रेकर्ड

हिमाली संचार संवाददाता
६६० पटक

 

 

सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारका लागि नेपाली बजारमा प्रतितोला छापावाला सुनको मूल्य ७६ हजार ७ सय पुगेको छ।

गत पुष २३ गते ७६ हजार ५ सय रुपैयाँमा पुगरे सुनको मूल्यले रेकर्ड तोडेको थियो।

उक्त रेकर्डलाई तोड्दै सुनको मूल्यले नयाँ किर्तिमान कायम गरेको हाे। सोमबार सुनको मूल्य ७६ हजार ५ सयमा कारोबार भएको भएको थियो। जुन रकम यसअघिको सबैभन्दा उच्च मूल्य हो।

यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ७६ हजार ४ सय रुपैयाँ कायम भएको छ।

अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ।

विश्व बजारमा सुनको मूल्य बढ्नुमा शक्तिशाली राष्ट्रबीचको तनावको प्रभावलाई लिइएको छ। पछिल्लो समय अमेरिका, इरान, भारत र उत्तरकोरियाबीचको सम्बन्धले विश्व आर्थिक बजार तातेको छ।

त्यसैगरी, अमेरिका र चीनबीच व्यापार युद्धले पनि विश्व बजारमा असर गरिरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १५ सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय मडियाहरुले सुनको मूल्य अझै बढ्ने बताइरहेका छन्। नेपाली सुनचाँदी व्यावासायी महासंघले पनि सुनको मूल्य अझै बढ्नसक्ने अनुमान गरिरहेको छ।

महासंघकाअनुसार आजका लागि चाँदीको मूल्य ८ सय ९० रुपैयाँ पुगेको छ।

प्रतिकृया दिनुहोस्

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...