News Portal

सुनको मूल्यले तोड्यो अहिलेसम्मकै रेकर्ड

सुनको मूल्यले तोड्यो अहिलेसम्मकै रेकर्ड

हिमाली संचार संवाददाता
६२२ पटक

 

 

सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारका लागि नेपाली बजारमा प्रतितोला छापावाला सुनको मूल्य ७६ हजार ७ सय पुगेको छ।

गत पुष २३ गते ७६ हजार ५ सय रुपैयाँमा पुगरे सुनको मूल्यले रेकर्ड तोडेको थियो।

उक्त रेकर्डलाई तोड्दै सुनको मूल्यले नयाँ किर्तिमान कायम गरेको हाे। सोमबार सुनको मूल्य ७६ हजार ५ सयमा कारोबार भएको भएको थियो। जुन रकम यसअघिको सबैभन्दा उच्च मूल्य हो।

यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ७६ हजार ४ सय रुपैयाँ कायम भएको छ।

अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ।

विश्व बजारमा सुनको मूल्य बढ्नुमा शक्तिशाली राष्ट्रबीचको तनावको प्रभावलाई लिइएको छ। पछिल्लो समय अमेरिका, इरान, भारत र उत्तरकोरियाबीचको सम्बन्धले विश्व आर्थिक बजार तातेको छ।

त्यसैगरी, अमेरिका र चीनबीच व्यापार युद्धले पनि विश्व बजारमा असर गरिरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १५ सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय मडियाहरुले सुनको मूल्य अझै बढ्ने बताइरहेका छन्। नेपाली सुनचाँदी व्यावासायी महासंघले पनि सुनको मूल्य अझै बढ्नसक्ने अनुमान गरिरहेको छ।

महासंघकाअनुसार आजका लागि चाँदीको मूल्य ८ सय ९० रुपैयाँ पुगेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...