News Portal

कञ्चनपुरमा प्रहरीको गोली लागेर बालकको मृत्युु, ४ जना घाइते

हिमाली संचार संवाददाता
६७८ पटक

कञ्चनपुरमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा शनी खुना* छन् ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख कुवेर कडायताका अनुसार घाइते हुनेमा कमिन्द्र सिंह, सुरेश चटौत, दामोदर खत्री, उमेश देउवा र चेतन भट्ट छन् ।

घाइतेहरुको कञ्चनपुरस्थित स्थानीय अस्पताल र केहीको धनगढीमा उपचार भइरहेको छ ।

प्रदर्शनकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालय र त्यहाँको सवारी साधानसमेत तोडफोड गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । यद्यपि, स्थिति नियन्त्रणमा नआएपछि गोली चलेको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले अनलाइनखबरलाई बताए ।

यद्यपि, मानवीय क्षतिको विवरण भने प्रहरी प्रधान कार्यालयसम्म अाइनपुगेको थापाले बताए ।

शुक्रबार नेकपाका नेता भीम रावल दिएको अभिव्यक्तिविरुद्ध कञ्चनपुरमा प्रदर्शन भएको थियो । विद्यार्थीले नाराजुलुसहित गरेको प्रदर्शन उग्र बनेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको जनाइएको छ ।

निर्मला पन्तको हत्या प्रकरणमा नेता रावलले दिएको अभिव्यक्तिको बिरोध गर्दै नेपाल विद्यार्थी संघले शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको अगाडि प्रदर्शन गरेको हो ।

यसअघि नेता रावलले कांग्रेसीहरुले कञ्चनपुरमा निर्मला हत्याकाण्डको मुद्दालाई राजनीतिसँग जोडेर आन्दोलन गरेको बताएका थिए ।

बिहीबार पनि अान्दोलनका क्रममा गोली चल्दा ३ जना घाइते भएका थिए । लगत्तै, गृह मन्त्रालय प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र डिएसपीलार्इ फिर्ता बोलाएको थियो ।

यसअघि सरकारले बिहीबार पन्त बलात्कार प्रकरणको छानबिनका लागि सह-सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

पन्त बलात्कार प्रकरणमा प्रहरीले घटनाको २५ दिनपछि मुख्य अभियुक्त दिलिपसिंह विष्टलार्इ सार्वजनिक गरेको थियो । तर, स्थानीयले वास्तविक अपराधीलार्इ लुकाएर मानसिक सन्तुलन गुमाएका विष्टलार्इ सार्वजनिक गरिएको भन्दै अान्दाेलन चर्काएका थिए ।

मैनाली नेतृत्वको समितिका पदाधिकारीहरू शुक्रबार बिहानै कञ्चनपुर पुगेर अनुसन्धान थालेका छन् । जिल्लास्थित सुरक्षा निकायका अधिकारीहरूकाे परिवर्तन र उच्च स्तरीय छानबिन समितिको गठनपछि अान्दाेलन मथ्थर हुने अपेक्षा गरिएको थियो ।

यद्यपि, शुक्रबार अपरान्ह प्रहरीले गोली नै चलाउनु पर्ने स्थिति सिर्जना भयो ।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...