News Portal

नि:शुल्क स्वास्थ्य शिविरका लागि बर्दिया गणेश बाबा बोडिङ्गका पुर्व विद्यार्थी

हिमाली संचार संवाददाता
५८२ पटक

नेपालगन्ज ०५, २०७६ फागुन : बर्दियाको राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर हुनेभएको छ। आइतबार नेपालगन्जमा आयोजक टिमले पत्रकार सम्मेलन गरि सो शिविरको बारेमा औपचारिक जानकारी दिएको हो।

विगतमा लामो समय शिक्षा प्रदान गरेको श्री गणेश बाबा बोर्डिङ स्कुलका पुर्व विद्यार्थीहरुले गर्न लागेको उक्त स्वास्थ्य शिविर यहीँ फागुन १० गते हुनेछ।

करिब डेढ दशकदेखि नेपालगन्जमा विभिन्न इभेन्ट गर्दै आएको एक्स जेनेरेसन, नितेश कन्स्ट्रक्सन राजापुर बर्दिया, तुलसी निर्माण सेवा बर्दिया, राजापुर राइस मिल राजापुर र अर्चना ट्रेड एण्ड सप्लायर्स नेपालगन्जको आयोजनामा उक्त शिविर हुन लागेको एक्स जेनेरेसनका प्रेसिडेन्ट संयोग जंग शाहले बताए।

राजापुरवासीहरुलाई स्वास्थ्य सम्बन्धि जानकारी दिने र भेरी अंचल अस्पतालका दक्ष चिकित्सकहरुद्वारा स्वास्थ्य जाँच गराउने उद्देश्य आयोजना गरिएको शिविर राजापुर उद्योग वाणिज्य संघ बर्दियाको प्राङ्गणमा हुनेछ।

उक्त शिविरमा डा.पारस श्रेष्ठ (फिजिसियन) डा.नवीन बुढाथोकी (स्त्रीरोग बिशेषज्ञ) डा. हरी पौडेल (न्युरो सर्जन)को टिम आउने छ। यो शिविर पुर्ण रुपमा निःशुुल्क हुनेछ। चेकजाच र अौषधी निःशुुल्क हुने शाहले जानकारी गराउनु भयो।

श्री गणेश बाबा बोर्डिङ स्कुलका पुर्व विद्यार्थीहरुले उक्त स्कुलका पुर्व शिक्षक तथा सहपाठी समर्पित गर्दै निशुल्क स्वास्थ्य शिविर गरिएको बताइएको छ।

प्रतिकृया दिनुहोस्

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...