News Portal

हुम्लामा ज्वरोको औषधि नपाएर ७ जनाको मृ-त्यु, के गर्दैछ सरकार ?

हिमाली संचार संवाददाता
६०१ पटक

हुम्ला – हुम्लाका गाउँगाउँमा फैलिएको रुघाखोकी र ज्वरोको प्रकोप नि’यन्त्रण गर्ने सरकारबाट पहल नहुँदा बिरामीको मृ’त्यु हुन थालेको छ । पछिल्लो तीन सातामा चंखेली, सर्केगाड र खार्पुनाथ गाउँपालिकामा ७ जनाको ज्यान गएको हो । चंखेली गाउँपालिका–६ मासिधारामा ४५ वर्षीय मदन शाही, ५० वर्षीया जनुकला शाही, ६५ वर्षीय दतिराम सार्की, ६० वर्षीया गोरी सार्की र ६० वर्षकै पाउरी शाहीको मृ’त्यु भएको छ । सबैको पुस २६ गतेयता ज्या’न गएको हो । सर्केगाड–३ उनापानीमा ५५ वर्षीय रंगमल फडेरा र खार्पुनाथ–३ रायामा ३५ वर्षीया चन्दा बुढाको मृ’त्यु भएको छ ।

जिल्लाका विभिन्न गाउँमा फैलिएको रुघाखोकी र ज्वरोलाई स्थानीय स्वास्थ्यकर्मीले ‘सि’जनल फ्लु’ भनेका छन् । तर स्वास्थ्य संस्थामा पर्याप्त औषधि र दक्ष स्वास्थ्यकर्मी नहुँदा नियन्त्रणमा ल्याउन समस्या परेको बताइएको छ । ‘हाम्रो गाउँमा मात्रै २६ पुसपछि पाँच जनाको ज्यान गयो । ज्वरो र रुघाखोकीका बिरामीको नाकबाट पातलो पानी बग्छ, हड्डी पनि दुख्छ,’ चंखेली–६ मासिधाराका हिराबहादुर शाहीले भने, ‘गाउँमा बिरामी नभएको घर भेट्न मुस्किल छ ।’ उनका अनुसार वृद्धवृद्धा र बालबालिका बढी जोखिममा छन् । तर स्वास्थ्य संस्थामा औषधि अभाव छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

गाउँमा प्रकोप फैलिएर बिरामीको ज्या’न गएको छ, सम्बन्धित निकायलाई कुनै चासो छैन । चंखेली गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक कालिबहादुर बुढा सुर्खेततिर झरेका छन् । उनले भने, ‘स्वास्थ्य संस्थामा औषधि र स्वास्थ्यकर्मी अभाव छैन ।’ स्थानीय भने स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाइहरूमा रुघाखोकीको औषधिसमेत नपाएर ज्या’न गुमाउनुपरेकोमा गुनासो पोख्छन् । जिल्ला सदरमुकामबाट चंखेलीको प्रभावित क्षेत्र पुग्न स्थल मार्गबाट दुई दिन लाग्छ ।

सर्केगाड–३ उनापानीको स्वास्थ्य इकाइमा पनि औषधि छैन । ‘गाउँपालिका स्वास्थ्य शाखाबाट दिएको औषधि सकियो । तर गाउँमा बिरामी झन् बढेका छन्,’ अनमी नन्दा फडेराले भनिन्, ‘दैनिक ३०–४० बिरामी हामीकहाँ आउँछन् । तर त्यसै फर्काउनुपरेको छ ।’

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...