News Portal

  • हुम्लामा ज्वरोको औषधि नपाएर ७ जनाको मृ-त्यु, के गर्दैछ सरकार ?

    हिमाली संचार संवाददाता
    ५२९ पटक

    हुम्ला – हुम्लाका गाउँगाउँमा फैलिएको रुघाखोकी र ज्वरोको प्रकोप नि’यन्त्रण गर्ने सरकारबाट पहल नहुँदा बिरामीको मृ’त्यु हुन थालेको छ । पछिल्लो तीन सातामा चंखेली, सर्केगाड र खार्पुनाथ गाउँपालिकामा ७ जनाको ज्यान गएको हो । चंखेली गाउँपालिका–६ मासिधारामा ४५ वर्षीय मदन शाही, ५० वर्षीया जनुकला शाही, ६५ वर्षीय दतिराम सार्की, ६० वर्षीया गोरी सार्की र ६० वर्षकै पाउरी शाहीको मृ’त्यु भएको छ । सबैको पुस २६ गतेयता ज्या’न गएको हो । सर्केगाड–३ उनापानीमा ५५ वर्षीय रंगमल फडेरा र खार्पुनाथ–३ रायामा ३५ वर्षीया चन्दा बुढाको मृ’त्यु भएको छ ।

    जिल्लाका विभिन्न गाउँमा फैलिएको रुघाखोकी र ज्वरोलाई स्थानीय स्वास्थ्यकर्मीले ‘सि’जनल फ्लु’ भनेका छन् । तर स्वास्थ्य संस्थामा पर्याप्त औषधि र दक्ष स्वास्थ्यकर्मी नहुँदा नियन्त्रणमा ल्याउन समस्या परेको बताइएको छ । ‘हाम्रो गाउँमा मात्रै २६ पुसपछि पाँच जनाको ज्यान गयो । ज्वरो र रुघाखोकीका बिरामीको नाकबाट पातलो पानी बग्छ, हड्डी पनि दुख्छ,’ चंखेली–६ मासिधाराका हिराबहादुर शाहीले भने, ‘गाउँमा बिरामी नभएको घर भेट्न मुस्किल छ ।’ उनका अनुसार वृद्धवृद्धा र बालबालिका बढी जोखिममा छन् । तर स्वास्थ्य संस्थामा औषधि अभाव छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

    गाउँमा प्रकोप फैलिएर बिरामीको ज्या’न गएको छ, सम्बन्धित निकायलाई कुनै चासो छैन । चंखेली गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक कालिबहादुर बुढा सुर्खेततिर झरेका छन् । उनले भने, ‘स्वास्थ्य संस्थामा औषधि र स्वास्थ्यकर्मी अभाव छैन ।’ स्थानीय भने स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाइहरूमा रुघाखोकीको औषधिसमेत नपाएर ज्या’न गुमाउनुपरेकोमा गुनासो पोख्छन् । जिल्ला सदरमुकामबाट चंखेलीको प्रभावित क्षेत्र पुग्न स्थल मार्गबाट दुई दिन लाग्छ ।

    सर्केगाड–३ उनापानीको स्वास्थ्य इकाइमा पनि औषधि छैन । ‘गाउँपालिका स्वास्थ्य शाखाबाट दिएको औषधि सकियो । तर गाउँमा बिरामी झन् बढेका छन्,’ अनमी नन्दा फडेराले भनिन्, ‘दैनिक ३०–४० बिरामी हामीकहाँ आउँछन् । तर त्यसै फर्काउनुपरेको छ ।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सर्वोच्चमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रिटको सुनुवाइ हुने

    काठमाडौं, कार्तिक १९ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिट...

    किसान श्रेष्ठ : पद होइन, एमालेमा सम्मानजनक व्यवहार चाहिन्छ

    काठमाडौं, कार्तिक १९ – नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफू र आफ्ना सहकर्मीहरू कुनै...

    एसवाई प्यानलको आईपीओ सर्वसाधारणका लागि खुला

    काठमाडौं, कात्तिक १९ – एसवाई प्यानल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो...

    माओवादी केन्द्र फेरि विभाजित, जनार्दन शर्मा समूह अलगियो

    काठमाडौँ, कार्तिक १९ – माओवादी केन्द्रभित्र फेरि गम्भीर विभाजन भएको छ। पार्टीभित्र नेतृत्व परिवर्तनको माग...

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...