News Portal

नब्याएको गाईले दैनिक ४ लिटर दूध दिँदै

भेषराज गौतम
६३० पटक

,

उर्लाबारी, ४ फागुन । मोरङको उर्लाबारी–८ का ८० वर्षीय देवीप्रसाद लामिछानेले घरमा पालेको गाई ब्याएको छैन् । उहाँले गाई दूहुन थाल्नु भएको अढाई वर्षभयो । नब्याएको गाईले दूध दिन्छ भन्दा धेरैले पत्याउँदैनन् ।तर, उहाँका छिमेकी हर्क थापा र लक्ष्मी ढकाल लामिछानेको भनाई सत्य भएको बताउनु हुन्छ ।

हाल ४ वर्ष उमेर पुगेको कोरली गाईले ३२ महिना यता दैनिक बिहान २ र बेलुका २ लिटर दूध दिइरहेको लामिछानेले बताउनु भयो ।लामिछानेका अनुसार घरकै माउबाट जन्मिएको कोरलीले ८ महिनाको हुँदै साँडे खोजेको थियो ।प्राविधिकलाई बोलाएर परामर्श लिँदा कलिलो उमेरमा साँडे नलगाउनु भनेपछि त्यतिबेला लगाइएन । उहाँले भन्नुभयो–‘त्यसपछि १८ महिना सम्म कोरलीले साँडे खोजेन । पुन पशु स्वास्थ्य सहायक श्यामनन्द यादवसँग परामर्श लिँदा उहाँले केही औषधि दिनुभयो । त्यो औषधि खुवाएपछि गाई कम्लायो ।’लैनोगाई जस्तै गरी गाईको फाँचोमा दूध भरिएपछि फेरी यादवसँग परामर्श लिएँ । उहाँले अब गाई दोएर दूध खानुहोस भनेपछि हामीले गाई दूहुन थालेका हौं ।
पहिलो हप्ता बिगौती खायौं । त्यसपछि नियमित दूध दोएर खाइरहेका छौं । घाँस, खोले,कुँडोको ब्यवस्थापन हुँदा दैनिक ६ किलो सम्म दूध दोएको देबीप्रसादकी पत्नी नरकुमारीले बताउनु भयो ।

यता वरिष्ट पशु चिकित्सक डाक्टर लेखराज दाहालले प्रत्येक १० लाख गाईमा एउटा कोरली नब्याइकन दूध दिने देखिने गरेको बताउनु भयो । खासगरी जर्सी र होलस्टेन जातका गाईले अप्राकृतिक ढङ्गले दूध दिने गरेको भारतमा पनि पाइएको छ । दूध आउने प्रक्रिया अप्राकृतिक भएपनि दूध भने प्राकृतिक नै हुने भएकोले अरु गाईकै सरह खान सकिने उहाँको भनाई छ । हर्मोनमा आएको परिवर्तनले दूध आएपनि पशु विज्ञानमा यस्तो घटना कमै हुने गरेको डाक्टर दाहालले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...