News Portal

  • एक्स बक्सर ग्रुप मकाउद्वारा बक्सिङका पूर्ब खेलाडी,अन्तराष्ट्रिय रेफ्री गुरूङ्लाई आर्थिक सहयोग

    हिमाली संचार संवाददाता
    ७६३ पटक

    कर्ण बहादुर अधिकारी,नुवाकोट -नेपाल एक्स बक्सर ग्रुप मकाउद्वारा बक्सिङ्का पूर्ब खेलाडी,अन्तराष्ट्रिय रेफ्री एवं बक्सिङ्कै धरोहर मदन गुरूङ्को स्वास्थ्य उपचार र औषधी सेवनका लागि मोप ८२५०।- अर्थात नेरू १ लाख १६ हजार एक कार्यक्रमका साथ हस्तान्तरण गरेको छ।उक्त रकम संकलन कार्यक्रमका संयोजकद्वय पुर्ब बक्सिङ खेलाडी मान बहादुर श्रेष्ठ र पश्चिमेली समाज मकाउका अध्यक्ष तथा पुर्ब बक्सर पदम सिंह पन्तले मकाउका कार्यरत रहेका पूर्ब बक्सर खेलाडीहरूसंग रकम संकलन गरी नेपाल बक्सिङ संघका चिफ कोच प्रकाश थापा मगर र बक्सिङ संघका अध्यक्ष राम आवालेको उपस्थितिमा रकम हस्तान्तरण गरीएको थियो।

    मकाउमा कार्यरत रहेका पूर्व बक्सिङ खेलाडीहरू पदम सिंह पन्त मोप ८ सय ,अजित गुरूङ् मोप ७ सय,तेज बहादुर चन्द मोप ५ सय,मान बहादुर श्रेष्ठ मोप ५ सय,प्रभुदास थापा ५ सय , बिकास नेपाली मोप ५ सय,शुभाष थापा मोप ५ सय,राजन डंगोल मोप ५ सय ,चित्र बहादुर गुरूङ मोप ५ सय,प्रेम महर्जन मोप ५ सय,नीम रेउले मोप ५ सय ,महेश रीजाल मोप ५ सय,उद्धव कुवर मोप ३ सय,घन श्याम ओली मोप ३ सय,तोरण बानियाँ मोप ३ सय,बिष्णु श्रेष्ठ मोप ३ सय,शुरेश चौधरी मोप ३ सय,राज कुमार पौडेल मोप १ सय ५० र रेशम थापाबाट मोप १ सय संकलन गरी जम्मा ८ हजार २ सय ५० मोप उठेको थियो।

    नेपाल एक्स बक्सर ग्रुप मकाउले केहि समय अगाडी अर्थात १३ औं साग गेममा पनि नेपाली बक्सिङ खेलाडीहरूको मनोवल उच्च बनाउनका लागि प्रतोसहान स्वरूप नेपाली रूपैया १ लाखको ट्रयाक सुट खेलाडी तथा प्रशिक्षकहरूलाई बितरण साथै बक्सिङ्मा मेडल जित्ने खेलाडीहरूलाई सम्मान स्वरूप नेरू २ लाख रूपैया हस्तान्तरण गरेको थियो।यस्ता सामाजिक काममा सदैब सहयोगी हातहरूलाई अगाडी बढाउनका लागि पश्चिमेली समाज मकाउका अध्यक्ष पदम सिंह पन्न लागि पर्नु हुन्छ।यस बिषयमा पन्त संग जानकारी लिदा आउँदा दिनहरूमा पनि यसरी नै सहयोग र सदभाबका हातहरू अगाडी बढाउने र बिशेषत: बक्सिङ खेल जगतलाई उज्जवल बनाउनका लागि अार्थिक तथा नैतिक सहयोग गर्नु परे पनि पछि नहट्ने प्रति बद्धता जाहेर गर्नु भएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर १ गतेको राशिफल

    आज मंसिर १, २०८२ (नोभेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    अरबमा नेपाली श्रमिक शोषण तीव्र – धिरेन सुवेदी

    काठमाडौं – अरब मुलुकमा रहेका नेपाली श्रमिकको अवस्था अझै पनि चुनौतीपूर्ण बन्दै गएको छ। चम्किला...

    ‘लेखक र मलाई थुन्नु सुशासन हो?’– ओलीको सरकारप्रति टिप्पणी

    काठमाडौं, कार्तिक ३० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश...

    निर्वाचन आयोगमा दल संख्या १२२ कायम, ७ नयाँ दर्ता र ७ खारेज

    काठमाडौँ, कार्तिक ३० – निर्वाचन आयोगले हालसम्म १२२ वटा राजनीतिक दल दर्ता भइसकेको जानकारी दिएको...

    भोलिदेखि कोरियन भाषा परीक्षा सुरु, ६७ हजारभन्दा बढी युवाको सहभागिता

    काठमाडौँ, कार्तिक ३० – कोरियामा रोजगारी खोज्ने नेपाली युवाका लागि आवश्यक कोरियन भाषा परीक्षा भोलिदेखि देशभर...