News Portal

  • प्रेम जीवन र जगत

    हिमाली संचार संवाददाता
    ५०० पटक

    तिमी बेहुला –
    अनि, म बेहुली भएर
    जब अन्मिन्छु – जन्म घरबाट
    तिम्रो अघिअघि लागेर – पुग्छु हिमाचलमा
    जहाँ –
    छरिएका छन् पुष्पहरू छरपस्ट भएर
    स्वागतमा – तत्पर देखिन्छन्
    सप्तरङ्गी ईन्द्रेणी तछाड-मछाड गर्दै
    रङ्गहरू पाेतेर दलिनमा
    बीणाहरू – संगीत भर्ने छन्
    मयुर ,डाफे र मुनाल नाच्ने छन्
    अाफ्नाे पाउजु बजाउँदै छमछम छमछम ।

    साेरठी र सेलाे नृत्यमा – रङ्गीनेछ प्राङ्गण
    रत्याैली खेल्ने छन् – एक हुल अप्सराहरू
    छुट्टयाइएको हुनेछैन – जातीय बर्गीयता
    कुनै धर्म सस्कृतिसँग – झुमिरहेछन् अप्सराहरू
    तिम्रै मिठाे अावाजजस्ताे लाग्छ
    प्रेमिल धुनहरू जाे बजिरहेका हुन्छन् पलपल ।

    जूनले चिहाउने छ – बादलकाे घुम्टो
    अलिकति हटाएर – जूनसँगै लजाएर
    सर्लक्कै बाँधिने छु – अंगालोमा तिमीसँगै
    अनि , ईश्वरीय रसपानमा तल्लीन भएनाै
    कामुकता लवज देखाएनाै
    काउकुती लाग्ला भनेर हाे कि –
    कहिल्यै ठट्टा गरेनाै
    याे जवानीलाई बिछ्याएर मर्द बन्छु भनेनाै
    राताे फूलकाे साैन्दर्यसँग खेल्न चाहेनाै
    र कहिल्यै उत्तेजित भएर छुन खाेजेनाै
    तर प्रेम गर्न पनि छाेडेनाै मलाई ।

    तिमीले प्रेम गरेपछि थाहा पाएँ कि !
    साँचाे प्रेम गर्नेहरू अापतमा पनि मनमै बस्दा रहेछन्

    – प्रीति अर्याल

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २३ गतेको राशिफल

    आज कार्तिक २३, २०८२ (नोभेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    अधिवेशनको तयारी अन्तिम चरणमा, युवा शक्ति कुवेत

    कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं“ भन्ने नाराको साथ गठन भएको युवा...

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...