News Portal

रायमाझी भिमेश्वर-जेभी भक्तपुरकाे लापरबाही, ठुलो दुर्घटना निम्त्याउने सम्भावना

रबिन्द्र बराल
४१९ पटक

माेरङकाे धनपालथान ५ कदमाहा चाेक देखि उत्तर हुदै गडिघाट्टा, फुटानि चाेक र रंगेली नगरपालिका ८ दर्बेशा भएर हुलाकी सडकमा जाेडिने नेपाल बिधुत प्राधिकरण सम्मकाे सडक निर्माणकार्य सुरु भएको छ।

२ महिना देखि काम सुरु गर्ने ठेक्का पाएका रायमाझी/भिमेश्वर जेभी भक्तपुरले नेपाल बिधुत प्राधिकरण अगाडि सडकमा कल्भट बनाउनका लागि १० दिन अगाडि खाल्डाे बनाएर छाडेपछि स्थानीयलाई आवतजावतमा निकै समस्या झेल्नु परेको तिर्थ ओझाले बताए।

उनलेे भने ठेक्केदारकाे लापरबाहीका कारणले गर्दे स्थानीयले दुख पाएकाे र बाईपास बाटाे समेत जाेखिम पुर्ण रहेको र माेटरसाईकलमा आवतजावत गर्दा मुख्य सडकमा जाँदा दुर्घटना हुने बढि सम्भावना रहेको समेत उनलेे बताए।

पुर्वघार विकास कार्यलय माेरङ भाैतिक पुर्वधार बिकास मन्त्रालय प्रदेश कार्यलयद्वारा कुल ४१ करोडौं १९ लाख १२ हजार ८ सय ९५ रुपैयाँ मा ठेक्का समेत पाएकाे छ। रायमाझी भिमेश्वर जेभी भक्तपुरले असाेज २७ गते सम्झौता गरेर मंसिर १५ गतेदेखि काम सुरु गरेको छ।

साे सडक २०६८ असाेज ३० गते निर्माण सम्पन्न सम्झौता समेत गरेको छ। यसरी ठेक्केदारकाे लापरबाहीले गर्दे स्थानीयले जुनसुकै बेला पनि ठुलाे दुर्घटना निम्त्याउने स्थानीयले बताए।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...