News Portal

डाक्टरको लापारबाहीका कारण बालिकाकाे मृत्युु भएको भन्दै अस्पताल ताेडफाेड

हिमाली संचार संवाददाता
४२२ पटक

धरान : चिकित्सकको लापारबाहीका कारण उपचारमा ल्याइएको बालिकाकाे मृत्युु भएको भन्दै धरान स्थित विजयपुर अस्पताल ताेडफाेड गरेका छन।

रामधुनी –७ का पञ्चायनका राजेन्द्र कार्कीले ५ महिने छोरी विरामी भएपछि धरान १० मा रहेको विजयपुर अस्पतालमा उपचारका लागि ल्याएका थिए।

उपचारका क्रममा तीन घण्टापछि अस्पतालले विराटनगर रिफर गरे पनि बच्चालाई विराटनर लैजाने क्रममा बाटोमै मृत्यु भएपछि मृत्यु भएको बच्चा पुनः विजयपुर अस्पताल फर्काएर बच्चाका अाफन्तहरूद्वारा अस्पताल तोडफोड गरेकाे र तोडफोडबाट हस्पिटलको काउण्टरको सिसा फुटेको छ भने तोडफोडमा संलग्न एकजनाको सीसा फुटेर खुट्टामा चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन।

बच्चा अकस्मात विरामी भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकोे बच्चाको आकस्मिक कक्षमा पेडियाट्रिक पु¥याए पनि त्यहाबाट बच्चालाई बच्चा ओपिडीमा रिफ्र गरिएको थियो।

ओपिडीमा विरामी बच्चाको उपचार ढिलो हुने भयो भन्दै चाडो उपचारका लागि बच्चालाई विजयपुर अस्पलताल थिए। तीन घण्टापछि विजयपुरले यहा उपचार सम्भव नभएको भन्दै विरानगर लाने क्रममा बच्चाको निधन भएको आफन्तको भनाई छ।

हस्पिटलका निर्देशक प्रभाव खतिवडाले भने हस्पिटलमा गलत उपचार नभएको र मुटुमा समस्या भएपछि तत्कालै अन्यत्र रिफर गरिएको बताएका छन।

प्रतिकृया दिनुहोस्

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...