News Portal

डाक्टरको लापारबाहीका कारण बालिकाकाे मृत्युु भएको भन्दै अस्पताल ताेडफाेड

हिमाली संचार संवाददाता
४८१ पटक

धरान : चिकित्सकको लापारबाहीका कारण उपचारमा ल्याइएको बालिकाकाे मृत्युु भएको भन्दै धरान स्थित विजयपुर अस्पताल ताेडफाेड गरेका छन।

रामधुनी –७ का पञ्चायनका राजेन्द्र कार्कीले ५ महिने छोरी विरामी भएपछि धरान १० मा रहेको विजयपुर अस्पतालमा उपचारका लागि ल्याएका थिए।

उपचारका क्रममा तीन घण्टापछि अस्पतालले विराटनगर रिफर गरे पनि बच्चालाई विराटनर लैजाने क्रममा बाटोमै मृत्यु भएपछि मृत्यु भएको बच्चा पुनः विजयपुर अस्पताल फर्काएर बच्चाका अाफन्तहरूद्वारा अस्पताल तोडफोड गरेकाे र तोडफोडबाट हस्पिटलको काउण्टरको सिसा फुटेको छ भने तोडफोडमा संलग्न एकजनाको सीसा फुटेर खुट्टामा चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन।

बच्चा अकस्मात विरामी भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकोे बच्चाको आकस्मिक कक्षमा पेडियाट्रिक पु¥याए पनि त्यहाबाट बच्चालाई बच्चा ओपिडीमा रिफ्र गरिएको थियो।

ओपिडीमा विरामी बच्चाको उपचार ढिलो हुने भयो भन्दै चाडो उपचारका लागि बच्चालाई विजयपुर अस्पलताल थिए। तीन घण्टापछि विजयपुरले यहा उपचार सम्भव नभएको भन्दै विरानगर लाने क्रममा बच्चाको निधन भएको आफन्तको भनाई छ।

हस्पिटलका निर्देशक प्रभाव खतिवडाले भने हस्पिटलमा गलत उपचार नभएको र मुटुमा समस्या भएपछि तत्कालै अन्यत्र रिफर गरिएको बताएका छन।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...