News Portal

नेपालको अमेरिकामाथि आठ विकेटको जित

इश्वरचन्द्र झा
४०७ पटक

काठमाडौं २९, २०७६ माघ : अमेरिका अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा अहिलेसम्मकै सबैभन्दा झिनो योगफलमा समेटिएको छ। नेपाली बलिङ्ग आक्रमण अगाडि अमेरिकाका दश जना ब्याट्सम्यानले दोहोरा योगफल समेत छुन पाएनन। नेपाली बलर सन्दीप लामिछानेले छ र सुशन भारीले चार विकेट लिदा अमेरिका ३५ रनमै समेटिन पुग्दा कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाला विश्व कीर्तिमानको साक्षी बन्न पुगेको छ।

यसअघि अन्तर्राष्ट्रिय एकदिवसीयमा सबैभन्दा कम योगफलमा समेटिएको कीर्तिमान जिम्बाबवेको नाममा रहेको थियो। जिम्बाबवे करीब १६ वर्ष अगाडि घरेलु मैदानमै ३५ रनमा समेटिन पुगेको थियो। उक्त योगफल कुनै राष्ट्रले अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा तयार गरेको अहिलेसम्मकै कम योगफल रहेको थियो।

अमेरिकाले बुधबार नेपाल विरुद्धको आफ्नो दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा उक्त योगफलको बराबरी गर्दै नयाँ कीर्तिमान बनाएको छ। जिम्बाबवे सन् २००४ को अप्रिल २५ का दिन हरारेमा श्रीलङ्का विरुद्ध ३५ रनमा समेटिएको थियो। श्रीलङ्काली बलर चामिण्डा भासले उक्त खेलमा चार विकेट लिनुभएको थियो। फरवेज महरुफले तीन र दिलहरा फर्नान्डोले दुई विकेट लिनुभएको थियो। श्रीलङ्काले भने एक विकेटको क्षतिमा ९ ओभर दुई बलमा ४० रन बनाएर लक्ष्य पुरा गरेको थियो।

नेपालको आठ विकेटको जित !

नेपालले अमेरिकामाथि आठ विकेटको जित हात पारेको छ। अमेरिकाले प्रस्तुत गरेको ३६ रनको लक्ष्य नेपालले मात्र पाँच ओभर दुई बलमा दुई विकेटको क्षतिमा पुरा गरेको हो। नेपालका लागि दिपेन्द्र ऐरीले १५ तथा पारस खडका २० रन बनाएर अविजित रहनुभयो। यसअघि कप्तान ज्ञानेन्द्र मल्ल १ र सुभाष खकुरेल खाता खोल्न नपाउँदै पेभेलियन फर्किदा नेपाली टोली दबाबमा आएको थियो। अमेरिकाका लागि दुबै सफलता केनिजिले दिलाउनुभयो।

यसअघि अमेरिका १२ ओभरमा मात्र ३५ रनको झिनो योगफलमा समेटिन पुग्यो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको पाहुना टोली अमेरिकाको पारीलाई ३५ रनमा खुम्च्याउन सन्दीप लामिछाने र सुशन भारीले उत्कृष्ट बलिङ्ग गर्नुभयो। सन्दीप एक्लैले छ विकेट लिनुभयो। बाँकीको चार विकेट सुशन भारीले बाँड्नुभयो। अमेरिकी पारीको दश जना ब्याट्सम्यान दोहोरा योगफल समेत छुन सकेनन।

ओपनर जेभियर मार्शलले बनाउनुभएको १६ रन सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो। उसको पारीको चार जना ब्याट्सम्यानले खाता समेत खोल्न सकेनन। सन्दीपले छ ओभरको स्पैलमा मात्र १६ रन खर्चेर छ विकेट लिनुभयो। सुशनले भने तीन ओभरमा एक मैडन राख्दै मात्र पाँच रन खर्चेर चार विकेट लिनुभयो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...