News Portal

रतुवामाईमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

हिमाली संचार संवाददाता
४९९ पटक

रबिन्द्र बराल– माेरङकाे रतुवामाई नगरपालिका ले १२ आै संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको बिधिवत रुपमा सुरु भएको छ ।
“ स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद ” भन्ने मुल नाराका साथ सरस्वती माध्यमिक बिधालय काे प्राङ्गणमा तीन दिने खेलकुद सुरु गरेको छ ।
रतुवामाई नगरपालिकाका मेयर रवीन राईले व्यानरमा हस्ताक्षर गर्दै खेल उद्घाटन गरेका थिए । कार्यक्रममा उपमेयर दयन्तादेवी चुडाल, प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रप्रसाद भट्टराई , समाजसेवी बलवहादुर बस्नेत , बिधालय का प्रअ यज्ञनाथ भट्टराई, स्थानीय दिनेशकुमार बिष्ट , विभिन्न बिधालय का शिक्षक , शिक्षिका , बुद्धिजीवी , लागायत काे समेेत उपस्थिति रहेको थियो । साेे खेलमा नगरपालिका भित्र का २२ वटा सामुदायीक , विद्यालयका ७५ जना विद्यार्थीले सहभागी जनााएका छन । खेलमा एथलेटिक्स , हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, लगायत काे खेलमा भाग लिएका छन । खेलमा प्रथम हुनेलाई १५ हजार, द्वितीय १०हजार र तृतीय लाई ५ हजार नगद सहित शिल्ड, प्रमाण पत्र र मेडल वितरण गरिने छ । साे खेलमा करिब ५ लाख बढी खर्च हुने अनुमान समेत गरिएको छ ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...