News Portal

चलचित्र पत्रकार संघमा केन्द्रीय प्रतिनिधिमा राई र खड्का

हिमाली संचार संवाददाता
४७३ पटक

काठमाडौं २८, २०७६ माघ : चलचित्र पत्रकार संघ प्रदेश १ को दोस्रो अधिबेशनले पुर्ब अध्यक्ष सन्तोस राई र पत्रकार तेजन खड्कालाई केन्द्रिय पार्सदमा चयन गरेको छ।

लामो समय देखि मोफसल र राजधानीमा निक्कै सक्रिय राई र खड्कालाई सर्बसम्मत पार्सदमा चयन गरेको हो। उनिहरु दुबै जना केन्द्रिय समितिमा मतदान र उम्मेदवारी दिन पाउनेछन।

यसैगरि नरेन्द्र बस्नेतको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कार्यसमिति सर्बसम्मत चयन गरेको छ। समितिको उपाध्यक्षमा धरानकी सञ्जु राई, सचिबमा बिराटनगरका बिरेन्द्रकुमार शाह, सहसचिबमा बिर्तामोडका रमेश तिवारी र कोषाध्यक्षमा उर्लाबारीका किशोर श्रेष्ठ चयन भएका छन।

यस्तै सदस्यहरुमा लक्ष्मीकुमार तामाङ्ग (उर्लाबारी),
भास्कर श्रेष्ठ (विर्तामोड), मौषमी कार्की (धरान), मनिष दास (विराटनगर) र सुवास श्रेष्ठ (ईटहरी) रहेका छन। समितिमा विभिन्न जिल्लाबाट २ जना सदस्य मनोनित गरेर राख्ने व्यवस्था गरेको छ।

नवनिर्बाचित अध्यक्ष बस्नेतले प्रदेश १ का १४ वटै जिल्लामा रंग पत्रकारिता गरिरहेका सक्रिय पत्रकारहरुलाई संगठित गर्ने र उनीहरुको क्षमताबृद्धि लगायत उनीहरुको हक हितका लागी बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताएका छन। प्रदेश १ मा हाल ३ दर्जन बढी सक्रिय रुपमा रंग पत्रकारिता गर्ने पत्रकारहरु रहेका छन।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...