News Portal

चलचित्र पत्रकार संघमा केन्द्रीय प्रतिनिधिमा राई र खड्का

हिमाली संचार संवाददाता
४२८ पटक

काठमाडौं २८, २०७६ माघ : चलचित्र पत्रकार संघ प्रदेश १ को दोस्रो अधिबेशनले पुर्ब अध्यक्ष सन्तोस राई र पत्रकार तेजन खड्कालाई केन्द्रिय पार्सदमा चयन गरेको छ।

लामो समय देखि मोफसल र राजधानीमा निक्कै सक्रिय राई र खड्कालाई सर्बसम्मत पार्सदमा चयन गरेको हो। उनिहरु दुबै जना केन्द्रिय समितिमा मतदान र उम्मेदवारी दिन पाउनेछन।

यसैगरि नरेन्द्र बस्नेतको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कार्यसमिति सर्बसम्मत चयन गरेको छ। समितिको उपाध्यक्षमा धरानकी सञ्जु राई, सचिबमा बिराटनगरका बिरेन्द्रकुमार शाह, सहसचिबमा बिर्तामोडका रमेश तिवारी र कोषाध्यक्षमा उर्लाबारीका किशोर श्रेष्ठ चयन भएका छन।

यस्तै सदस्यहरुमा लक्ष्मीकुमार तामाङ्ग (उर्लाबारी),
भास्कर श्रेष्ठ (विर्तामोड), मौषमी कार्की (धरान), मनिष दास (विराटनगर) र सुवास श्रेष्ठ (ईटहरी) रहेका छन। समितिमा विभिन्न जिल्लाबाट २ जना सदस्य मनोनित गरेर राख्ने व्यवस्था गरेको छ।

नवनिर्बाचित अध्यक्ष बस्नेतले प्रदेश १ का १४ वटै जिल्लामा रंग पत्रकारिता गरिरहेका सक्रिय पत्रकारहरुलाई संगठित गर्ने र उनीहरुको क्षमताबृद्धि लगायत उनीहरुको हक हितका लागी बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताएका छन। प्रदेश १ मा हाल ३ दर्जन बढी सक्रिय रुपमा रंग पत्रकारिता गर्ने पत्रकारहरु रहेका छन।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...