News Portal

चलचित्र पत्रकार संघ प्रदेश १ को दोश्रो अधिबेशन सम्पन्न

हिमाली संचार संवाददाता
५५३ पटक

काठमाडौं -चलचित्र पत्रकार संघ प्रदेश १ को दोस्रो अधिबेशनले नरेन्द्र बस्नेतको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कार्यसमिति सर्बसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा धरानकी सञ्जु राई सचिबमा बिराटनगरका बिरेन्द्रकुमार शाह,सहसचिबमा बिर्तामोडका रमेश तिवारी र कोषाध्यक्षमा उर्लाबारीका किशोर श्रेष्ठ चयन भएका छन ।

यस्तै सदस्यहरुमा लक्ष्मीकुमार तामाङ्ग (उर्लाबारी)
भास्कर श्रेष्ठ (विर्तामोड),मौषमी कार्की (धरान),मनिष दास (विराटनगर) र सुवास श्रेष्ठ (ईटहरी) रहेका छन् ।समितिमा विभिन्न जिल्लाबाट २ जना सदस्य मनोनित गरेर राख्ने व्यवस्था गरेको छ ।

प्रदेश कार्यसमिति ११ सदस्यीय रहने जनाईएको छ ।यस्तै अधिवेसनले केन्द्रीय पार्षदमा निवर्तमान अध्यक्ष सन्तोष राई र तेजन खड्कालाई चयन गरेको छ ।

नवनिर्बाचित अध्यक्ष बस्नेतले प्रदेश १ का १४ वटै जिल्लामा रंग पत्रकारिता गरिरहेका सक्रिय पत्रकारहरुलाई संगठित गर्ने र उनीहरुको क्षमताबृद्धि लगायत उनीहरुको हक हितका लागी बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताएका छन । प्रदेश १ मा हाल ३ दर्जन बढी सक्रिय रुपमा रंग पत्रकारिता गर्ने पत्रकारहरु रहेका छन ।

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...