News Portal

भोगाई आफ्नो (कविता)

हिमाली संचार संवाददाता
८५० पटक

सपनीमा तिमीलाई देख्न पाएपनि
अंगालोमा तिमीलाई बेर्ने मन छ नि
तिमी कहाँ छितीज पारी म एक गाउँ
हृदयको माया अनि जीबन तिम्रै नाउँ

हरपल हर घडी तिम्रै संझनामा
नयनभरी तिम्रो तस्बिर मुटुभरी माया
किन लाग्छ तिम्रो माया हिजो भन्दा आज धेरै
भुल गरेकी छु कि मैले कतै गल्ती हो कि मेरै??

जिन्दगीको गोरेटोमा तिमीलाई भेटेपछि
रंगिएछ मेरो जीबन तिमीले साथ दिएपछि
तिमी मेरो जिन्दगीको आशा अनि अभिलाषा
जीबनभरी नछुट्टिने गरीदेउ मिठो बाचा

कुरीति र कुसस्कारको पछि लाग्दा पहिले पहिले
जीबनको खुशी कस्तो केही थाहा पाईन मैले
कुल घरानको ईज्जत राख्दा आफ्नो खुशी दाउमा पर्यो
मनभित्रको चाहना र ईच्छा पनि मन भित्रै मर्यो।।।

गीता खाती बि.क.(दुरदर्शी)
बालकल्याण आधारभुत विद्यालय हुप्सेकोट कोल्हिया, नवलपुर

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...