News Portal

हात्तीपाइले रोगविरुद्धको औषधि वितरण

हिमाली संचार संवाददाता
३७७ पटक

उर्लाबारी । हात्तीपाइले रोगविरुद्धको औषधि वितरण कार्यक्रम मोरङको उर्लाबारीका ९ वटै वडामा आजदेखि सुरु भएको छ ।

उर्लाबारीका ९ वटै वडामा वडाध्यक्षहरुले औषधि सेवन गरी कार्यक्रमको उद्घाटन गरी औषधि वितरण कार्यक्रम सुरु भएको हो । उर्लाबारीका नगर प्रमुख खड्ग फागो, उपप्रमुख लक्ष्मी भण्डारीले पनि औषधि सेवन गरी सम्पूर्ण नगरबासीलाई औषधि सेवनका लागि अपिल गरेका छन् ।

उर्लाबारी नगरपालिकाभरी ३३ जना तालिमप्राप्त स्वास्थ्यकर्मीहरु हात्तिपाइले रोगविरुद्धको औषधि वितरणमा खटिएको उर्लाबारी नगरपालिका स्वास्थ्य शाखाका सह–संयोजक सुरेश खड्काले जानकारी दिए ।

हात्तीपाइले रोगको औषधी गर्भवती, सिकिस्त बिरामी, मुटु, क्यान्सर, मृगौला, छारे रोग भएका, दुई वर्षभन्दा कम उमेरका बालबालिका, कुपोषण भएका ५ वर्षमुनिका बालबालिकालाई बाहेक सबैले सेवन गर्न सक्ने सह–संयोजक खड्काको भनाई छ ।

यो वर्ष उर्लाबारी नगर क्षेत्रबाट ६० हजारभन्दा बढीलाई हात्तिपाइले रोग विरुद्धको औषधी खुवाइने लक्ष्य रहेको स्वास्थ्य शाखाका रेनुकाप्रसाद काफ्लेले बताए । गत बर्ष ७१ प्रतिशतलाई औषधि सेवन गराएको उनले जानकारी दिए । यो बर्ष ८१ प्रतिशतलाई हात्तिपाइले रोगविरुद्धको औषधि सेवन गराइनेछ ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...