News Portal

अख्तियारको मु’द्दापछि गच्छदारको सांसद पद निलम्बित (सूचनासहित)

हिमाली संचार संवाददाता
४७८ पटक

काठमाडौँ, २४ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांसद गच्छदार विरुद्ध भ्रष्टाचार मु’द्दा दायर गरेको सुचना संसदलाई दिएपछि संसद सचिवालयले शुक्रबार सूचना प्रकाशित गरी विजयकुमार गच्छदार सांसदबाट निलम्बित भएको जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार गच्छदार सांसदबाट माघ २२ देखि स्वत: निलम्बित भएको संसद सचिवालयको सूचनामा उल्लेख गरिएको छ ।

भ्रष्टाचार मु’द्दा दायर हुनासाथ सांसद पद स्वत: निलम्बनमा पर्ने कानुनी व्यवस्था छ । अदालतबाट सफाइ पाएको खण्डमा भने उनको सांसद पदमा पुनर्बहाली हुनेछ ।

कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता समेत रहेका गच्छदार भौतिक योजना मन्त्री रहेका बेला बालुवाटार ललिता निवासको जग्गा अनियमिततामा संलग्न रहेको भन्दै अख्तियारले मु’द्दा दायर गरेको हो ।

उनीसँग अख्तियारले ९ करोडभन्दा बढी विगो मागदावी समेत गरेको छ । गच्छदारको पार्टी कांग्रेसले यसलाई राजनीतिक पूर्वाग्रहले प्रेरित भन्दै बिहीबार र शुक्रबार संसद अवरुद्ध गरेको छ । भने कांग्रेसका भात्रृ संगठन नेपाल बिद्यार्थी संघ (नेविसंघ)ले राजधानीमा बृहत पदर्शन गरेको छ ।

सचिवालयको सूचना –

प्रतिकृया दिनुहोस्

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...