News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • शेयर गर्नुहोस तपाईंको आजको राशिफल

    ज्योतिषाचार्य लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

    हिमाली संचार संवाददाता
    २९५ पटक

    वि.सं. २०७६ साल माघ २४ गते शुक्रबार | सन् २०२० फेब्रुवरी ७ तारीख | नेपाल संवत ११४०

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। साँझदेखि स्थितिमा सुधार आउनाले आँटेको काम बन्नेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। पशुधन र जमिनबाट लाभ उठाउन सकिनेछ।

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    मिहिनेतले मानसम्मान दिलाउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। लगनशीलताले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। साँझतिर प्रतिस्पर्धी बढ्नेछन् भने सहयोगीहरू टाढिन सक्छन्। अरूको विषयमा चासो राख्दा व्यर्थैमा दु:ख पाइनेछ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
    साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। साँझतिर नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। नियमित कामले पनि आम्दानी बढ्नेछ।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्नेछ। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ। साथीभाइको निम्तो आउनाले यात्रा हुन सक्छ। साँझतिर रमाइलो जमघट र खानपानको आनन्द प्राप्त हुनेछ। पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। नयाँ अवसरले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। तर सरसापटमा पनि केही धन बाहिरिने देखिन्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन केही समय लाग्नेछ। साँझतिर खर्चिलो काम गर्नुपर्ने स्थिति आउन सक्छ। साथै, रकम जुटाउँदा ऋणभार पनि बढ्न सक्छ।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला। वचन पुर्याउन नसक्ता आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। जिम्मेवारी भने बढिरहनेछन्। आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ। साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा विशेष जिम्मेवारी प्राप्त हुनेछ। रोकिएको काम बन्नेछ र प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
    सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। प्रयत्न गर्दा नाम, दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। आँटेको काम बन्नेछ। साँझदेखि प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट हुनेछ। व्यवसायले पनि उचाइको मार्ग अवलम्बन गर्नेछ।

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
    अरूका लागि समय खर्चनुपर्ला। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरू निम्त्याए पनि गोपनीयतामा ध्यान पुर्याउनुहोला। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। साँझतिर अरूका लागि बुद्धि खर्चनुर्ला। समय लागे पनि प्रयत्न गर्दा काम बन्नेछ।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    परिस्थिति अनुकूल रहे पनि काममा बढी समय लाग्नेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिलो हुनेछ। साँझतिर भने अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ। परिस्थितिवश अवसरबाट भने वञ्चित भइएला।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। वादविवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। साँझतिर स्थितिमा सुधार आउनेछ भने रमाइलो यात्रा हुन सक्छ। आम्दानी बढाउने काम पनि सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन समेत कसिलो हुनेछ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
    आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। साँझतिर प्रतिस्पर्धा गर्नुपरे पनि दिगो फाइदा हुने काम सम्पादन हुनेछ। तर हल्लाको पछि लाग्दा दु:ख पाइनेछ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    काम दोहोर्याउनुपरे पनि दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझावले कर्मयोग सबल हुनेछ। कृषि तथा पशुधनले फाइदा दिलाउनेछ। साँझदेखि पहिलेका कमजोरी सुधार गर्ने मौका छ। महत्त्वाकांक्षी योजना प्रारम्भ हुनेछन् भने पढाइलेखाइमा पनि प्रगति हुनेछ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ १०, २०८२ (मे २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रवि लामिछाने थुनामै रहने, सर्वोच्चको आदेशले उच्च अदालतको निर्णय सदर

    काठमाडौं, जेठ ९ – सुप्रिम सहकारी काण्डसँग जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा...

    प्रधानमन्त्री ओलीको व्यंग्य: “राजा राख्ने हो भने घरमै सिंहासन बनाऊ”

    पोखरा, जेठ ९ – राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेकपा एमालेका...

    रवि लामिछानेको मुद्दामा त्रिपाठी र भण्डारीको चेतावनी : “छाड्नु नै हुँदैन”

    काठमाडौं, जेठ ९ – सहकारी कोष अपचलन प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध...

    गुनासो सुन्ने अभियानको सुरुवात कोशीबाट, विद्युत् आपूर्तिमा विश्वसनीयता कायम गर्ने प्रयास तीव्र

    काठमाडौं, जेठ ९ – नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय उपभोक्ताबीच देखिएको असन्तुष्टि र सामाजिक सञ्जालमा...