News Portal

राप्तीको मौलिक लोक भाका “मालै” सार्वजनिक (भिडियाे)

हिमाली संचार संवाददाता
१३४२ पटक

खगेन्द्र बुढा : राप्तीको मौलिक लोक भाका “मालै” सार्वजनिक भए सँगै यति बेला नेपाली लाेक संगितका पारखीहरुले साच्चिकै नेपालीपनकाे लाेकभाका पाएकाे अनुभूति गरेका छन।

लाेकप्रिय गायक, सर्जक तथा माेडल कृष्ण रेउलेकाे मालै गितले नेपाली सांगितिक बजार माथि माैलिक लाेकभाकाकाे एक ईट्टा थपिदिएकाे छ। गायक रेउलेकै लय, शब्द र स्वरमा सार्वजनिक माैलिक लाेकभाकामा गायक कृष्ण रेउलेकै अाधिकारिक युट्युब च्यालबाट सार्वजनिक गरिएकाे थियाे।

खर्क बहादुर बुढाकाे संगित संयाेजन, कृष्ण पुनकाे मिक्सिङ्ग, शेर जि/समीक्षा/ महेश र संगिताद्वारा अभिनित याे लाेकभाकामा महेश महराले छायांकन गरेकाे मालै भिडियाेमा शेर बहादुर डिसिले निर्देशन गरेका छन। साथै एक्सन मिडियाले बजार व्यवस्थापन गरेकाे हाे।

गायक रेउलेका अनुसार याे गित एउटा यस्ताे भावना, जाे यथार्थ नेपालीको माैलिपनकाे वास्तविकता पोखिएको छ, भने अर्को यस्ता मौलिक गीतको जगेर्ना गर्ने एउटा महत्त्वपूर्ण काम भएको गायक रेउलेले बताएका छन् गायक रेउलेका अनुसार “अहिले मेची देखि महाकालीका मौलिक लोक भाकाहरु हराउदौ गएको अवस्थामा यस्ता मौलिक लोक भाकाहरु हराउदै गए भने, नेपालको अस्तित्व र नेपालीपन समेत मेटिने सक्ने भएको हुँदा यस्ता मौलिक लोक भाकाहरुले सर्जक कलाकार, दर्शकर श्राेता अनि राज्यले संरक्षण गर्न जरुरी” भएकाे कुरा अाैल्याउदै सबै कालापार भएको अवस्थामा कयौ नेपाली बृद्द, बुवा/आमा एक्लै गाउँमा दु:खले बाचेको र मृत्युको पर्खाइमा भएको कुरा समाबेश गरिएको यो माैलिक गीत एक पटक सबैले हेर्नका लागि र माैलिक लाेकभाकालाई माया गर्ने नेपाली दर्शक श्राेतामा अनुराेध समेत गरेका छन।

नेपाली समाजमा घट्ने घटनालाई प्रतिबिम्बित याे गितले अहिलेको वास्तविक नेपाल अनि एउटा एक्लो बृद्दको कथा समेटिएको यो गीतमा यथार्थ बेदना समेत पोखिएको छ।

 

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...