News Portal

बिहीबार कुन भगवानको व्रत बसे लाभ मिल्छ ?

हिमाली संचार संवाददाता
६८५ पटक

हिन्दू धर्मावलम्बीहरुले बिहीबार गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा–आराधना गर्ने गर्दछन। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ।

यो दिन पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शौभाग्य मिल्ने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ।

यो व्रत शुक्ल पक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्दछ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ। बिहान स्नानपछि पहेलो वस्त्र धारण गर्ने। त्यसपछि पहेलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने र यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गर्नुपर्छ।

यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ। व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ।

बिहीबारको व्रत सम्पादन गर्दा केराको रुखलाई पूजा गर्ने चलन छ। पूजा गर्दा पहेँलो चन्दन, चनाको दाल, छाता, मिठाईको रुपमा लड्डु आदिको दान गरेमा लाभ मिल्नेछ। भोजन गर्दा एक छाक नुन बार्नु पर्दछ।

प्रतिकृया दिनुहोस्

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...