News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गच्छदार विरुद्ध ९ करोड ६५ लाख विगो : दश वर्ष कैद दाबी, सांसदबाट निलम्बित

    हिमाली संचार संवाददाता
    ४४१ पटक

    अख्तीयार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार स्थीत ललिता निवासको जग्गा व्यक्तीको नाममा पारेको आरोपमा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जना विरुद्ध विशेष अदालतमा अभियोग दर्ता गरेको छ ।

    अख्तीयारले दायर गरेको मुद्दामा गच्छदारसहित दुई पूर्व मन्त्री र पूर्व सचिवहरु छन् । अख्तियारले पूर्व उपप्रधानमन्त्री गच्छदार, मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ, अख्तीयार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात, पूर्वसचिव छविराज पन्त, दिनेशहरि अधिकारी, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसहित १७५ जना विरुद्ध मुद्दा दायर गरेको हो ।

    ललिता निवासको २ सय ९९ रोपनी मध्ये १ सय १४ रोपनी जग्गा हिनामिनाको आरोपमा मुद्दा खेप्ने गच्छदार नेपाली कांग्रेसका उपसभापति पनि हुन् । उनी विरुद्ध ९ करोड ६५ लाख ७६ हजार विगो दाबी गरिएको छ ।

    उनी विरुद्धको अभियोग प्रमाणित भएको अवस्थामा गच्छदारले तीन वर्षदेखि दश वर्षसम्म कारागार बस्नुपर्ने हुन्छ । अख्तीयारले भ्रष्ट्राचार निवारण सम्बन्धी ऐन २०५९ को दफा ८ को उपदफा १ र सोही ऐनको दफा ३ को उपदफा १ र सोही उपदफाको (झ) बमोजिम सजाय माग गरेको छ ।

    गच्छदार सांसदबाट निलम्बित

    भ्रष्टाचारको आरोपमा मुद्दा दर्ता भएपछि कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदार सांसदबाट निलम्बित भएका छन् । अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै गच्छदार प्रतिनिधिसभा सदस्यबाट स्वतःनिलम्बित भएका हुन् ।

    गच्छदारको मुद्धामा फैसला नभएसम्म उनी सांसदको हैसियतमा संसद जानबाट बञ्चित हुनेछन् । भ्रष्टाचार मुद्दामा अख्तियारको दाबी अदालतबाट ठहर भएमा गच्छदारले प्रतिनिधिसभाको उम्मेद्वार समेत हुन पाउने छैनन् ।

    प्रतिकृया दिनुहोस्

    एनआरएनए विवादमा एमालेको कडा प्रतिक्रिया : “वैध नेतृत्व डा. बद्री केसीको, परराष्ट्र मन्त्रीको भूमिका असंवैधानिक”

    काठमाडौं, वैशाख २३ – गैरआवासीय नेपाली संघ (एनआरएनए) मा देखिएको विवादका सन्दर्भमा नेकपा एमालेले परराष्ट्र...

    विद्यालयमा शिक्षकद्वारा छात्रामाथि यौन दुर्व्यवहार पीडितलाई मिलापत्रको दबाब

    काठमाडौं, वैशाख २३ – काठमाडौंको शान्तिनगरस्थित बेबीलोन बोर्डिङ स्कुलमा कार्यरत एक शिक्षकमाथि छात्रामाथि अनुचित व्यवहार...

    सिङ्गापुरमा गेट्स–चौधरी वार्ता: नेपाली जनस्वास्थ्य र रोजगारीबारे गम्भीर छलफल

    काठमाडौं, वैशाख २३ – नेपालका उद्यमी तथा सांसद बिनोद चौधरी र विश्वप्रसिद्ध परोपकारी व्यक्तित्व बिल...

    रंगेलीको २ र ९ नम्बर वडामा खानेपानी आयोजना निर्माण हुने

    मोरङ, वैशाख २३ – रंगेली नगरपालिका वडा नम्बर २ र ९ मा खानेपानी आयोजनाको काम...

    तीन वर्षपछि खुलेको हत्या रहस्य : सिकेन्द्र चौहान पक्राउ

    पर्सा, वैशाख २३ — तीन वर्षअगाडि भएको एक हत्या घटनामा संलग्न रहँदै फरार रहेका अभियुक्तलाई...