News Portal

गच्छदार विरुद्ध ९ करोड ६५ लाख विगो : दश वर्ष कैद दाबी, सांसदबाट निलम्बित

हिमाली संचार संवाददाता
५६४ पटक

अख्तीयार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार स्थीत ललिता निवासको जग्गा व्यक्तीको नाममा पारेको आरोपमा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जना विरुद्ध विशेष अदालतमा अभियोग दर्ता गरेको छ ।

अख्तीयारले दायर गरेको मुद्दामा गच्छदारसहित दुई पूर्व मन्त्री र पूर्व सचिवहरु छन् । अख्तियारले पूर्व उपप्रधानमन्त्री गच्छदार, मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ, अख्तीयार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात, पूर्वसचिव छविराज पन्त, दिनेशहरि अधिकारी, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसहित १७५ जना विरुद्ध मुद्दा दायर गरेको हो ।

ललिता निवासको २ सय ९९ रोपनी मध्ये १ सय १४ रोपनी जग्गा हिनामिनाको आरोपमा मुद्दा खेप्ने गच्छदार नेपाली कांग्रेसका उपसभापति पनि हुन् । उनी विरुद्ध ९ करोड ६५ लाख ७६ हजार विगो दाबी गरिएको छ ।

उनी विरुद्धको अभियोग प्रमाणित भएको अवस्थामा गच्छदारले तीन वर्षदेखि दश वर्षसम्म कारागार बस्नुपर्ने हुन्छ । अख्तीयारले भ्रष्ट्राचार निवारण सम्बन्धी ऐन २०५९ को दफा ८ को उपदफा १ र सोही ऐनको दफा ३ को उपदफा १ र सोही उपदफाको (झ) बमोजिम सजाय माग गरेको छ ।

गच्छदार सांसदबाट निलम्बित

भ्रष्टाचारको आरोपमा मुद्दा दर्ता भएपछि कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदार सांसदबाट निलम्बित भएका छन् । अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै गच्छदार प्रतिनिधिसभा सदस्यबाट स्वतःनिलम्बित भएका हुन् ।

गच्छदारको मुद्धामा फैसला नभएसम्म उनी सांसदको हैसियतमा संसद जानबाट बञ्चित हुनेछन् । भ्रष्टाचार मुद्दामा अख्तियारको दाबी अदालतबाट ठहर भएमा गच्छदारले प्रतिनिधिसभाको उम्मेद्वार समेत हुन पाउने छैनन् ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...