News Portal

  • जिल्ला समन्वय समितिका अधिकृतमाथि छुरा प्रहार

    हिमाली संचार संवाददाता
    ५२० पटक

    ७ भदौ, रामेछाप – जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीमाथि छुरा प्रहार भएको छ । गएराति आफ्नै निवासमा सुतिरहेको बेला उनी माथि छुरा प्रहार भएको हो ।

    मन्थली नगरपालिका १ मच्छेडाँडीमा रहेको सुवेदीको निवासमा राति ९ बजेतिर मुखमा मास्क लगाएर पसेको अज्ञात व्यक्तिले छुरा प्रहार गरेको थियो । परिवारका सदस्यहरु घरका अन्य कोठामा रहेको बेलामा सो घटना भएको हो ।

    उनलाई तत्कालै उद्धार गरी तामाकोशी सहकारी अस्पतालमा ल्याइएकोमा त्यहाँ प्राथमिक उपचारपछि धुलिखेल अस्पताल पठाइएको थियो । धुलिखेल अस्पतालमा राति नै उनको शल्यक्रिया भएको छ । अस्पतालले सुवेदीको आन्द्रा काटिएको जनाएको छ ।

    ओछ्यानमा ढल्किएर फेसबुक चलाइरहेको बेला मुखमा माक्स लगाएर आएको व्यक्तिले छुरा रोपेको सुवेदीले बताएका छन् । माथिल्लो तलामा रहेका सुवेदीलाई छुरा प्रहार गर्ने व्यक्ति बरन्डाबाट हाम फालेर भागेको परिवारका सदस्यहरु बताउँछन् ।

    छुरा घटनास्थलमा नै फेला परेको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । अनलाइनखबर

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गल्ति भयो भनेर मात्र पुग्दैन सच्याउन सक्नुपर्छ

    – कमला थापा २०८२ मंसिर ३ गते। ३६ बर्षसम्म सत्ताको राजनिति गर्नेहरुले आज मूलुकमा पुर्याएको...

    सिमरामा एमाले नेताहरूलाई विमानस्थलबाट रोकिँदा ओलीको आपत्ति, पार्टीले प्रतिवाद गर्ने चेतावनी

    काठमाडौं, मंसिर ३ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले सिमरामा आयोजना हुने कार्यक्रममा आफ्नो पार्टीका...

    भक्तपुरमा स्कुल भ्यानले सामुदायिक कुकुरलाई ठक्कर, एकको मृत्यु

    भक्तपुर, मंसिर ३ – भक्तपुर ठिमीस्थित एमिनिटी इङ्लिस सेकेन्डरी स्कुलको भ्यानले सोमबार बिहान कागेश्वरी मनोहरा...

    केपी ओलीले सरकारसँग दुर्गा प्रसाईँ पक्राउबारे स्पष्ट जवाफ मागे

    काठमाडौं, मंसिर ३ – नेकपा एमाले अध्यक्ष केपी ओलीले दुर्गा प्रसाईँको पक्राउबारे सरकारसँग स्पष्ट जवाफ...

    एमाले नेता बस्नेत: “सिमराको प्रदर्शनले हामीलाई विचलित पार्न सक्दैन”

    काठमाडौं, मंसिर ३ – नेकपा एमालेका नेता महेश बस्नेतले बाराको सिमरामा भएको विरोध प्रदर्शनका बाबजुद...