News Portal

न्यायका लागी गंगामायाले गुहारिन् राष्ट्रसंघ

हिमाली संचार संवाददाता
६७१ पटक

काठमाडौं २२, २०७६ माघ : गंगामाया अधिकारीले आफ्नो न्यायको मागलाई अन्तर्राष्ट्रियकरण गरिदिन संयुक्त राष्ट्रसंघ गुहारेकी छन।

उनले मंगलबार राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधि भ्यालेरी जुलियान्डलाई पुल्चोकमा भेटेर आफ्नो माग राखेकी हुन्।

जुलियान्डसँग बिहान ८ः४५ देखि १० बजेसम्म कुराकानी भएको गंगामायासँगै राष्ट्रसंघको नेपाल कार्यालय पुगेका अधिवक्ता ओमप्रकाश अर्यालले बताए।

गंगामायाले द्वन्द्वकालमा छोराको हत्या भएका विषयमा न्याय नभएको गुनासो गर्नुभयो।

यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गरिदिन आग्रह गर्नुभयो’, अधिवक्ता अर्यालले अन्नपूर्णसँग भने, ‘उहाँले पीडकले नै राज्य कब्जा गरेको अवस्था रहेको भन्दै यहाँ न्यायको आस मरेको भनाइ पनि राख्नुभयो।

जुलियान्डले यो विषयलाई आवधिक प्रतिवेदनमा पार्न राष्ट्रसंघका विशेष समाधिक्षकलाई सुसूचित गर्नुपर्ने धारणा राखेको उनले सुनाए।

जुलियान्डले गंगामायाका मागमा ऐक्यबद्धता रहेको आश्वासनसमेत दिएका थिए। गंगामायाले न्यायका लागि मृत्युवरण गर्छु भनेपछि जुलियान्डले यस्तो कुरा स्वीकार्य नहुने बताउनुभयो’, उनले भने। जुलियान्ड गत बिहीबार गंगामायालाई भेट्न वीर अस्पताल पुगेका थिए।

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...