News Portal

न्यायका लागी गंगामायाले गुहारिन् राष्ट्रसंघ

हिमाली संचार संवाददाता
६३९ पटक

काठमाडौं २२, २०७६ माघ : गंगामाया अधिकारीले आफ्नो न्यायको मागलाई अन्तर्राष्ट्रियकरण गरिदिन संयुक्त राष्ट्रसंघ गुहारेकी छन।

उनले मंगलबार राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधि भ्यालेरी जुलियान्डलाई पुल्चोकमा भेटेर आफ्नो माग राखेकी हुन्।

जुलियान्डसँग बिहान ८ः४५ देखि १० बजेसम्म कुराकानी भएको गंगामायासँगै राष्ट्रसंघको नेपाल कार्यालय पुगेका अधिवक्ता ओमप्रकाश अर्यालले बताए।

गंगामायाले द्वन्द्वकालमा छोराको हत्या भएका विषयमा न्याय नभएको गुनासो गर्नुभयो।

यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गरिदिन आग्रह गर्नुभयो’, अधिवक्ता अर्यालले अन्नपूर्णसँग भने, ‘उहाँले पीडकले नै राज्य कब्जा गरेको अवस्था रहेको भन्दै यहाँ न्यायको आस मरेको भनाइ पनि राख्नुभयो।

जुलियान्डले यो विषयलाई आवधिक प्रतिवेदनमा पार्न राष्ट्रसंघका विशेष समाधिक्षकलाई सुसूचित गर्नुपर्ने धारणा राखेको उनले सुनाए।

जुलियान्डले गंगामायाका मागमा ऐक्यबद्धता रहेको आश्वासनसमेत दिएका थिए। गंगामायाले न्यायका लागि मृत्युवरण गर्छु भनेपछि जुलियान्डले यस्तो कुरा स्वीकार्य नहुने बताउनुभयो’, उनले भने। जुलियान्ड गत बिहीबार गंगामायालाई भेट्न वीर अस्पताल पुगेका थिए।

प्रतिकृया दिनुहोस्

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...