News Portal

सन्थाल समुदायको दिसोम सोहराय मनाए

हिमाली संचार संवाददाता
३६४ पटक

रबिन्द्र बराल–  सन्थाल समुदायको दिसोम सोहराय पर्व संरक्षण गर्ने उद्धेश्यसहित रंगेली नगरपालिका ४ का सन्थाल समुदाय हरुले एक कार्यक्रम गरिएको छ ।
रंगेली सन्थाल समाजको आयोजनामा जनता माध्यमिक विद्यालयकाे प्राङ्गणमा कार्यक्रमकाे अायाेजना गरेको थियो । सो क्षेत्रमा बसाबास गर्दे अाएका सन्थाल समुदायले प्रत्येक बर्ष मनाउँदै अाएका दिसोम सोहराय पर्व
माघ १५ बाट मनाउन शुरु गरेको छ । पर्वको चौथो दिन एकीकृत कार्यक्रम समेत गरिएको छ । नगरपालिकाका विभिन्न वडामा बसोबास गर्ने सन्थाल समुदायले सहभागिता समेत रहेको थियोे । अन्य समुदायलाई दिसोम सोहराय पर्वको बिषयमा जानकारी दिन तथा संरक्षण गर्ने उद्धेश्य सहित पहिलोपटक एकीकृत कार्यक्रम गरिएको कार्यक्रम संयोजक परमेश्वर मुर्मुले बताए । पछिल्लो समय आफु अनुकुल पर्व मनाउने प्रचलन शुरु भएकाले एकरुपता ल्याउन समेत कार्यक्रम गरिएको उहाँको भनाई छ । कार्यक्रम काे प्रमुख अतिथि रंगेली नगरपालिका उपमेयर केशब कुमारी खराल , कार्यक्रम अध्यक्ष बिश्वनाथ मुर्मु प्रमेश्वर मुर्मु , लखिराम मुर्मु लगायत हरु उपस्थिति समेत रहेको छ ।
सो अवसरमा सोहराय पर्वमा ६ दिनसम्म मनाईने बेग्लाबेग्लै स्वरुपको प्रर्दशन गरिएको थियो । सन्थाल समुदाय मन्झी प्रथामा आधारित रहेर संचालन हुँदै आएका कारण कार्यक्रममा विभिन्न वडाका २५ जना झाक्रि हरु काे समेत सहभागि रहेको थियोे ।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...