News Portal

हुबेईमा रहेका नेपालीको उद्धार हुदै, फर्म भर्ने मिति आज ९ बजे सम्म

हिमाली संचार संवाददाता
५१९ पटक

काठमाडौँ। नेपाल सरकारले चीनको हुबेई प्रान्तमा रहेको सबै नेपालीहरुको उद्धार गर्ने भएको छ । चीनमा रहेको नेपाली राजदूतावासले शनिबार सूचना प्रकाशित गर्दे त्यहाँ रहेका नेपालीहरुको उद्धार गरिने बताएको हो।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हुबेईमा रहेका नेपालीलाई फर्काउन जहाज तयारी अवस्थामा राखेका बताएका थिए। दूतावासले हुबेईमा रहेका सबै नेपाली नागरिकलाई विच्याटमार्फत सूचना दिइसकेको छ। नेपाल फर्किनका लागि हुवेईमा रहेका नेपालीहरुले आवश्यक फर्म भर्नुपर्ने छ। यो फर्म राजदूतावासको वेबसाइटमा गएर हेर्न सकिनेछ। नेपाल फर्किन चाहने नेपालीहरुले फर्म बुझाएपछि त्यही अनुसार विमानको व्यवस्था गरिने जनाएको हो। 

नेपाली दूतावासले दिएको ठेगानामा स्थानीय समयअनुसार फेब्रुअरी २ तारिख ९ बजेभन्दा अघि पठाइसक्‍नु पर्नेछ। हरेक पासपोर्ट भएका व्यक्तिले छुट्टै फर्म भर्नुपर्ने छ। त्योभन्दा पछि फर्म दिएमा स्वीकार्य नहुने साथै फर्किन चाहने व्यक्तिहरुले दूतावासले तोकेको प्रक्रिया पूरा गर्नुपर्ने छ।

नाबालिगको हकमा अभिभावकले फर्म भर्दिनुपर्नेछ। यससँग कुनै दुविधा भएमा दूतावासको नम्बर १५७० १२८५७ ६३ मा सम्पर्क गर्न आग्रह गरिएको छ। दूतावासले दिएको फर्म भर्नका लागि👉 यो लिंकमा 👈 जानुपर्ने हुन्छ। दुबिधा भएमा उल्लेखित नम्बरमा सम्पर्क गर्नु भनिएको छ।  

 

प्रतिकृया दिनुहोस्

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...