News Portal

रंगेलीमा १ दिने स्वास्थ्य शिविर सम्पन्न

रबिन्द्र बराल
७०६ पटक

माघ १९ आइतावार । माेरङकाे रंगेली नगरपालिकाको वडा नं. ७ ले एकदिने स्वास्थ्य शिविर सन्चालन गरेको छ । शिविर सन्चालन गाेल्डेन हस्पिटल बिराटनगरको सहकार्यमा स्वास्थ्य शिविरको आयोजना गरेको हो।

सन्चालित शिविरमा रंगेली, चाेप्राहा, मधुवनि, तित्रीटाेल लगायतका बृद्घ, बृद्घा, महिला तथा बालबालिकाहरुले स्वास्थ्य परिक्षण गराएका थिए। नगरपालिकाको कार्यलयमा शिविर सन्चालन गरिएको थियो।

उक्त स्वास्थ्य शिविरमा कन्सल्टेनट फिजिसन डा. श्यामकुमार राैनियार, बालराेग बिषेशज्ञ डा. शतिस यादव, हाडजोर्नी तथा  नशाराेग बिषेशज्ञ डा. यज्ञराज खरेल, सर्जन डा. सराेज राजवंशी  लगायतले बिरामीहरुकाे स्वास्थ्य परिक्षण गरेका थिए।

अहिले जाडाेको समय भएको हुनाले ससाना बालबालिकाहरुलाई धेरै मात्रामा ज्वरो, रुघाखोकी, स्वासप्रश्वास तथा बृद्धहरुमा हात खुट्टाका जाेर्नी बढी मात्रामा दुखाइ हुने समस्या देखा पर्ने डा. श्यामकुमार राैनियारले बताए। 

शिविरमा ८१ जनाकाे स्तन तथा पाठेघरलकाे क्यान्सर स्क्रिनिङ VIAजाँच समेत गराएता पनि कुनै राेग फेला नपरेको डाक्टरहरुले बताएका थिए ।  शिविरमा ६ सय २८  जना बिरामीहरुले स्वास्थ्य परिक्षण गराएका थिए ।

शिविरमा निशुल्क एक्सरे सेवा सहित औषधी पनि निशुल्क वितरण गरीएको वडाअध्यक्ष रामचन्द्र मण्डलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...