News Portal

रंगेलीमा १ दिने स्वास्थ्य शिविर सम्पन्न

रबिन्द्र बराल
६५० पटक

माघ १९ आइतावार । माेरङकाे रंगेली नगरपालिकाको वडा नं. ७ ले एकदिने स्वास्थ्य शिविर सन्चालन गरेको छ । शिविर सन्चालन गाेल्डेन हस्पिटल बिराटनगरको सहकार्यमा स्वास्थ्य शिविरको आयोजना गरेको हो।

सन्चालित शिविरमा रंगेली, चाेप्राहा, मधुवनि, तित्रीटाेल लगायतका बृद्घ, बृद्घा, महिला तथा बालबालिकाहरुले स्वास्थ्य परिक्षण गराएका थिए। नगरपालिकाको कार्यलयमा शिविर सन्चालन गरिएको थियो।

उक्त स्वास्थ्य शिविरमा कन्सल्टेनट फिजिसन डा. श्यामकुमार राैनियार, बालराेग बिषेशज्ञ डा. शतिस यादव, हाडजोर्नी तथा  नशाराेग बिषेशज्ञ डा. यज्ञराज खरेल, सर्जन डा. सराेज राजवंशी  लगायतले बिरामीहरुकाे स्वास्थ्य परिक्षण गरेका थिए।

अहिले जाडाेको समय भएको हुनाले ससाना बालबालिकाहरुलाई धेरै मात्रामा ज्वरो, रुघाखोकी, स्वासप्रश्वास तथा बृद्धहरुमा हात खुट्टाका जाेर्नी बढी मात्रामा दुखाइ हुने समस्या देखा पर्ने डा. श्यामकुमार राैनियारले बताए। 

शिविरमा ८१ जनाकाे स्तन तथा पाठेघरलकाे क्यान्सर स्क्रिनिङ VIAजाँच समेत गराएता पनि कुनै राेग फेला नपरेको डाक्टरहरुले बताएका थिए ।  शिविरमा ६ सय २८  जना बिरामीहरुले स्वास्थ्य परिक्षण गराएका थिए ।

शिविरमा निशुल्क एक्सरे सेवा सहित औषधी पनि निशुल्क वितरण गरीएको वडाअध्यक्ष रामचन्द्र मण्डलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...