News Portal

स्ववियु निर्वाचनमा ग्रामिण क्याम्पसको सभापतिमा पौडेलको उम्मेदवारी

हिमाली संचार संवाददाता
१५८५ पटक

काठमाडौँ १८, २०७६ माघ : त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसमा स्ववियु निर्वाचन हुने मिति त्रिविले घोषणा गरेपछि यतिबेला क्याम्पसहरुको माहोल तातेको छ।

विद्यार्थी नेताहरु निर्वाचनको टिकट आफ्नो पक्षमा पार्नको लागि दौडधुपमा रहेका छन भने कतिपय विद्यार्थी नेताहरु भोट माग्नलाई समेत व्यस्त भैसकेका देखिन्छन।

कतिपय क्याम्पसहरुमा २०७३ फाल्गुनमा निर्वाचन भएपनि धेरै आंगिक तथा सम्वन्धन प्राप्त क्याम्पसहरुमा सो समयमा निर्वाचन हुन सकेको थिएन।

विद्यार्थीको समस्या र हकहितको लागि प्रत्यक्ष सरोकार राख्ने संस्थाको निर्वाचन लामो समयदेखी नहुदा अहिले तोकिएको मितिमा पनि निर्वाचन हुनेमा धेरैको शंका छ तर धेरै विद्यार्थी नेताहरु तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुपर्ने आवाज उठाउँदै चुनावी माहोलमा होमीई सकेको पाईन्छ।

अघिल्ला वर्षहरु विशेषगरि तीन विद्यार्थी संगठन बिच हुने प्रतिस्पर्धा यसपटक भने २ विद्यार्थी संगठन बिच मात्रै हुने भएपछि झन यसले धेरैको ध्यान समेत खिचेको छ।

दुई ठुला कम्युनिष्ट पार्टी एक भएर नेकपा गठन भईसकेको अबस्थामा यसपटक कांग्रेसनिकट नेविसंघ र नेकपानिकट अनेरास्ववियु बिच नै प्रस्तीस्पर्धा हुनेछ।

स्ववियु निर्वाचनलाई राजनितिक दलहरुले प्रतिष्ठाको लडाईको रुपमा समेत हेर्ने गरेका छन।

पौडेलले सभापतिमा उम्मेदवारी किन दिदैछन ?

काठमाडौको तारकेश्वर नगरपालिका वडा नम्बर ११ नेपालटारमा अबस्थित ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा पनि चुनावी रौनक राम्रैसंग छाएको देखिन्छ।

फाल्गुन १४ गते हुन लागेको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको तर्फबाट सभापतिमा महेश पौडेलले आफ्नो दावेदारी प्रस्तुत गरेका छन।

नेविसंघ पर्वतका लोकप्रिय नेता   समेत रहेका पौडेल लामो समयदेखि ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा नेविसंघको राजनितिमा सक्रिय छन।

पौडेलले पर्वत जिल्लाको फलेवास नगरपालिकाको माद्यामिक तहबाट नेविसंघको राजनैतिक यात्रा सुरु गरेका हुन। उनि ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा विद्यार्थी माझ लोकप्रिय नेताको रुपमा चिनिन्छन।

विद्यार्थीहरुका हरेक समस्यासंग परिचित भई सो समस्या हल गर्न सधै लागिपरेको कारण नै उनलाई विद्यार्थीहरुले रुचाएको पाईन्छ।

पौडेलको पक्षमा माहोल बढ्दै जाँदा धेरै विद्याथीहरु उनको पक्षमा देखिन्छन। साथै पौडेल निर्विकल्प उमेद्धारको रुपमा रहेको समेत त्यहाँ अध्ययनरत विद्यार्थीहरु बताउछन।

नेविसंघ पर्वत काठमाडौँ सम्पर्क समितिका सहसचीव समेत रहेका पौडेल, शालिन र क्षमतावान विद्यार्थी नेताका रुपमा आफुलाई स्थापित गर्न सफल भएका छन।

प्रतिकृया दिनुहोस्

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...