आज : २०२६-०६-३०, मङ्गलबार

बागलुङमा श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु

बागलुङ १८, २०७६ माघ : बागलुङको तमानखोलामा घरायसी विवादपछि श्रीमान र श्रीमतीबीच कुटाकुट हुँदा श्रीमानको मृत्यु भएको छ।

तमानखोला गाउँपालिका–१ बोङगादोभानका ६४ वर्षीय रविलाल बिकलाई श्रीमती ६० वर्षीय जमुनाले कुटेकी थिइन।

कुट्दै गर्दा बुधबार राति घरको भित्तामा ठोक्किाएर घटनास्थलमै उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ।

घरायासी विवादमा झगडा भएपछि श्रीमतीले धकेल्दा रविलालको टाउकाे घरको भित्तामा ठोक्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए।

घटनापछि प्रहरीले मृतककी श्रीमतीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।