News Portal

माइला लामासहित विप्लव नेकपाका ४ नेतालाई रिहा गर्न अदालतको आदेश

हिमाली संचार संवाददाता
६७५ पटक

काठमाडौँ १६, २०७६ माघ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालिन उपत्यका इञ्चार्ज माइला लामासहित चार जना नेतालाई रिहा गर्न अदालतले आदेश गरेको छ।

उच्च अदालत पाटनले लामासँगै नेकपा केन्द्रीय सदस्य नविन विश्वकर्मा, नेतृ धिरिन्द्रा उपाध्यय र इश्वर परियारलाई थुनामा राख्ने ललितपुर जिल्ला अदालतको आदेश बदर गर्दै रिहा गर्न आदेश दिएको हो।

ललितपुर जिल्ला अदालतले एनसेल मुख्यालयमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको भन्दै उनीहरुलाई पुर्पक्षामा पठाउने फैसला गरेको थियो। त्यस्तै जिल्ला अदालतले राज्य विरुद्धको अपराध समेत ठहर गरेको थियो।

जिल्ला अदालतको उक्त आदेशलाई उच्च अदालतले बदर गर्दै नेताहरुलाई रिहा गर्न आदेश दिएको छ। जिल्ला अदालत ललितपुरको आदेशविरुद्ध उनीहरुका परिवार उच्च अदालत गएका थिए।

उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विहीबार चारै नेतालाई निर्दोष ठहर गर्दै रिहा गर्न आदेश दिएको छ। उनीहरुलाई विभिन्न समयमा प्रहरीले पक्राउ गरेर हिरासतमा लिएपछि ललितपुर जिल्ला अदालतले पुर्पक्षाको लागि भन्दै नख्खु कारागारा चलान गरेको थियो।

पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिबक्ताहरु कपिलचन्द्र पोखरेल, कान्तिराम ढुगाना, खिमानन्द , रामकृष्ण भण्डारी, सन्तोष कोइरालाले बहस गरेका थिए।

यस्तै नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले पनि एनसेल घटनामा सफाय पाएका छन। पाटन उच्च अदालतले विहीबार सुदर्शनलाई निर्दोष रहेको फैसला गरेको हो।

ललितपुर जिल्ला अदालतले एनसेलको मुख्यालयमा भएको बम विस्फोट राज्यविरुद्धको मुद्दामा थुनछेकको लागि पुर्पक्षमा पठाउने फैसला गरेको थियो।

उक्त फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरिएको थियो। उनले पनि बिहिबार नै सफाया पाएका हुन।

विहीबार भएको बहसमा उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलाशको इजलाशले उक्त घटनामा नेता सुदर्शन निर्दोष रहेको आदेश दिएको हो।

हातहतियार मुद्दामा थुनामा राख्ने आदेशलाई भने सदर गरेको छ। राज्यलाई कर छलि गरेर विवाद आएको एनसेलको मुख्यालयमा २०७५ माफुन १० गते विस्फोट भएको थियो।

उक्त घटनामा दोषी ठहर गर्दै प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तत्कालिन मध्यकेन्द्रीय कमाण्ड इन्चार्ज समेत रहेका नेता सुदर्शनसहितका नेताहरुलाई चैत्र ९ गते गिरफ्तार गरेको थियो।

एनसेलमा भएको विस्फोट र हातहतियार मुद्दामा ललितपुर जिल्ला अदालतले पुर्पक्षाको लागि बैशाख ९ गते नख्खु कारागार चलान गरेको थियो।

त्यसैगरी सूर्य भुजेल, दोर्जी शेर्पा, डिकेन्द्र राई, शिव धिमाल र बुद्ध बहादुर सिंतानको विस्फोटक पदार्थ सम्बन्धी मुद्दा पनि उच्च अदालतले सदर गरेको छ।

प्रतिकृया दिनुहोस्

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...