News Portal

अमेरिकी राष्ट्रपति ट्रम्पकाे मध्यपूर्व शान्ति योजना, प्यालेस्टाइन रुष्ट

हिमाली संचार संवाददाता
६५७ पटक

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व क्षेत्रको शान्ति स्थापनार्थ आफ्नो बहुप्रतीक्षित योजना सार्वजनिक गरेका छन। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई साथमा राखेर ट्रम्पले आफ्नो मध्यपूर्व शान्ति योजना सार्वजनिक गरेका हुन।

इजरायल र प्यालेस्टाइनबीचको जारी द्वन्द्व समाधानका निम्ति घोषणा गरिएको शान्ति योजनामा जेरुसेलमलाई इजरायलको अविभाजित राजधानीका रूपमा निरन्तरता दिइने उल्लेख छ।

त्यस्तै, स्वतन्त्र प्यालेस्टाइन राज्य तथा वेस्ट व्यांक बसोबासमाथि इजरायलको सार्वभौमिकता पनि ट्रम्पले प्रस्ताव गरेका छन्। योजना घोषणा गर्दै ट्रम्पले प्यालेस्टाइनीहरूका निम्ति यो अन्तिम मौका भएको टिप्पणी गरेका छन्।

प्यालेस्टाइनीहरूको स्वतन्त्र राज्य स्थापना गर्ने सपना सार्थक पार्ने ऐतिहासिक अवसर पछिल्लो योजनाले सिर्जना गरेको मत ट्रम्पको छ। ‘७० वर्षदेखि द्वन्द्वमा फसेका उनीहरूका निम्ति यो अन्तिम अवसर हुनसक्छ,’ ट्रम्पले भनेका छन्।

इजरायल र प्यालेस्टाइनबीच लामो समयदेखि द्वन्द्व छ। यही द्वन्द्व समाधानका निम्ति ट्रम्पले आफ्नो मध्यपूर्वको योजना सार्वजनिक गरेका हुन्। यो योजनाको मस्यौदा ट्रम्पका ज्वाइँ र वरिष्ठ सल्लाहकारको अग्रसरतामा तयार पारिएको समाचारहरुमा उल्लेख छ।

प्यालेस्टाइनी प्रधानमन्त्री रुष्ट !

ट्रम्पले प्यालेस्टाइनीको अनुपस्थितिमै इजरायली प्रधानमन्त्रीलाई साक्षी राखेर योजना सार्वजनिक गरेका हुन्। जारी योजनाप्रति प्यालेस्टाइनले असन्तुष्टि जनाएको छ। प्यालेस्टाइनी प्रधानमन्त्री महमुद अब्बासले ट्रम्पको घोषणालाई षड्यन्त्र भन्दै अस्वीकार गरिदिएका छन्।

‘जेरुसेलम र हाम्रा अधिकार बिक्रीमा छैनन्। त्यसमा लेनदेन पनि हुँदैन,’ टेलिभिजनमार्फत सम्बोधन गर्दे अब्बासले भनेका छन्। उनले ट्रम्पले शान्ति योजनाका नाममा षड्यन्त्र गर्न लागे पनि त्यो सफल हुन नदिने बताएका छन्।

यद्यपि, साउदी अरब र इजिप्टले ट्रम्पको योजनाको स्वागत गरेका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...