News Portal

अमेरिकी राष्ट्रपति ट्रम्पकाे मध्यपूर्व शान्ति योजना, प्यालेस्टाइन रुष्ट

हिमाली संचार संवाददाता
६०५ पटक

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व क्षेत्रको शान्ति स्थापनार्थ आफ्नो बहुप्रतीक्षित योजना सार्वजनिक गरेका छन। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई साथमा राखेर ट्रम्पले आफ्नो मध्यपूर्व शान्ति योजना सार्वजनिक गरेका हुन।

इजरायल र प्यालेस्टाइनबीचको जारी द्वन्द्व समाधानका निम्ति घोषणा गरिएको शान्ति योजनामा जेरुसेलमलाई इजरायलको अविभाजित राजधानीका रूपमा निरन्तरता दिइने उल्लेख छ।

त्यस्तै, स्वतन्त्र प्यालेस्टाइन राज्य तथा वेस्ट व्यांक बसोबासमाथि इजरायलको सार्वभौमिकता पनि ट्रम्पले प्रस्ताव गरेका छन्। योजना घोषणा गर्दै ट्रम्पले प्यालेस्टाइनीहरूका निम्ति यो अन्तिम मौका भएको टिप्पणी गरेका छन्।

प्यालेस्टाइनीहरूको स्वतन्त्र राज्य स्थापना गर्ने सपना सार्थक पार्ने ऐतिहासिक अवसर पछिल्लो योजनाले सिर्जना गरेको मत ट्रम्पको छ। ‘७० वर्षदेखि द्वन्द्वमा फसेका उनीहरूका निम्ति यो अन्तिम अवसर हुनसक्छ,’ ट्रम्पले भनेका छन्।

इजरायल र प्यालेस्टाइनबीच लामो समयदेखि द्वन्द्व छ। यही द्वन्द्व समाधानका निम्ति ट्रम्पले आफ्नो मध्यपूर्वको योजना सार्वजनिक गरेका हुन्। यो योजनाको मस्यौदा ट्रम्पका ज्वाइँ र वरिष्ठ सल्लाहकारको अग्रसरतामा तयार पारिएको समाचारहरुमा उल्लेख छ।

प्यालेस्टाइनी प्रधानमन्त्री रुष्ट !

ट्रम्पले प्यालेस्टाइनीको अनुपस्थितिमै इजरायली प्रधानमन्त्रीलाई साक्षी राखेर योजना सार्वजनिक गरेका हुन्। जारी योजनाप्रति प्यालेस्टाइनले असन्तुष्टि जनाएको छ। प्यालेस्टाइनी प्रधानमन्त्री महमुद अब्बासले ट्रम्पको घोषणालाई षड्यन्त्र भन्दै अस्वीकार गरिदिएका छन्।

‘जेरुसेलम र हाम्रा अधिकार बिक्रीमा छैनन्। त्यसमा लेनदेन पनि हुँदैन,’ टेलिभिजनमार्फत सम्बोधन गर्दे अब्बासले भनेका छन्। उनले ट्रम्पले शान्ति योजनाका नाममा षड्यन्त्र गर्न लागे पनि त्यो सफल हुन नदिने बताएका छन्।

यद्यपि, साउदी अरब र इजिप्टले ट्रम्पको योजनाको स्वागत गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...