News Portal

जंगलमा १३ वर्षीया बालिका बलात्कृत

हिमाली संचार संवाददाता
५६४ पटक

काठमाडौं । ललितपुरको नख्खुस्थित एक घरमा घरेलु कामदारको रुपमा राखिएकी १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

घर लगिदिन्छु भन्दै गोदावरीस्थित जंगलमा पुर्‍याएर उनीमाथि बलात्कार भएको हो । प्रहरी स्रोतका अनुसार बालिकामाथि बलात्कार भएको मेडिकल रिपोर्टले पुष्टि गरेको छ । गोरखा घर भएकी बालिकाले आफ्नो घर जानलाई बाटो देखेकी थिइनन् ।

‘बालिकालाई घर पुर्‍याइदिने प्रलोभनमा गोदावरी जंगलमा लगेर बलात्कार गरेको देखिएको छ’, घटनाको अनुसन्धानमा खटिएका एक अधिकारीले भने, ‘त्यहाँ बलात्कारपछि बालिकालाई छोडेर ती व्यक्ति फरार भएका छन् ।’

स्थानीयले नै बालिकालाई महानगरीय प्रहरी वृत्त, सातदोबाटोसम्म ल्याएको प्रहरी स्रोतले बतायो । हाल फरार रहेका युवकको खोजी भइरहेको प्रहरी परिसर ललितपुरले जनाएको छ । अनलाइनखबर

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...