News Portal

सुर्खेतमा साँझ ६ बजेदेखि भोलि बिहान ६ बजे सम्म कफ्र्यु

हिमाली संचार संवाददाता
४५४ पटक

सुर्खेत : वीरेन्द्रनगर सुर्खेतमा टिपरले किच्दा १ जनाको मृत्युु भएपछि चर्किएको आन्दोलनका क्रममा प्रहरीले गोली चलाएको छ। कालीकोट महावै गाउँपालिका– ३ सिमखेत घर भएका २० वर्षीय केशर सिंहको टिपरले किच्दा मंगलबार बिहान मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आन्दोलनले उग्र रूप लिँदा प्रहरीले २ राउण्ड हवाई फायर गरेको र अज्ञात समूहले गोली चलाएको सुर्खेतका प्रहरी प्रमुख डिल्लीराज पन्तले बताए।

स्थानीयका अनुसार प्रहरीले गोली चलाउँदा जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत ८ जना घाइते भएका छन।

कर्फ्यु लगाउने तयारी

सुर्खेतको वीरेन्द्रनगर आसपासमा साँझ ६ बजेदेखि भोलि बिहान ६ बजे सम्म कफ्र्यु लगाउने तयारीका लागि सुरक्षा बैठक बसिरहेको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतमा यो प्रयोजनका लागि बैठक बसिरहेको प्रहरीको भनाइ छ।

प्रतिकृया दिनुहोस्

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...