News Portal

सुर्खेतमा साँझ ६ बजेदेखि भोलि बिहान ६ बजे सम्म कफ्र्यु

हिमाली संचार संवाददाता
४३९ पटक

सुर्खेत : वीरेन्द्रनगर सुर्खेतमा टिपरले किच्दा १ जनाको मृत्युु भएपछि चर्किएको आन्दोलनका क्रममा प्रहरीले गोली चलाएको छ। कालीकोट महावै गाउँपालिका– ३ सिमखेत घर भएका २० वर्षीय केशर सिंहको टिपरले किच्दा मंगलबार बिहान मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आन्दोलनले उग्र रूप लिँदा प्रहरीले २ राउण्ड हवाई फायर गरेको र अज्ञात समूहले गोली चलाएको सुर्खेतका प्रहरी प्रमुख डिल्लीराज पन्तले बताए।

स्थानीयका अनुसार प्रहरीले गोली चलाउँदा जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत ८ जना घाइते भएका छन।

कर्फ्यु लगाउने तयारी

सुर्खेतको वीरेन्द्रनगर आसपासमा साँझ ६ बजेदेखि भोलि बिहान ६ बजे सम्म कफ्र्यु लगाउने तयारीका लागि सुरक्षा बैठक बसिरहेको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतमा यो प्रयोजनका लागि बैठक बसिरहेको प्रहरीको भनाइ छ।

प्रतिकृया दिनुहोस्

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...