News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • विपक्षीको कमजोर भूमिकाका कारण सत्तारुढ दंग ! गुटको राजनीतिमा कांग्रेस

    हिमाली संचार संवाददाता
    ३०१ पटक

    काठमाडौं, १४ माघ । नेपाली कांग्रेसभित्र विकसित विवादलाई सल्टाउनका सभापति शेरबहादुर देउवा सकारात्मक देखिएका छन् । देउवाले सो कार्यका लागि आफैंलाई सक्रियमात्र पारेका छैनन् कि असन्तुष्ट नेताहरूको नेतृत्व गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलालगायतका नेताहरूसँग छलफल गरी समाधानको लागि मार्ग खोज्ने पक्षमा देखाएका छन् ।

    पहिले एकलौटी ढंगबाट निर्णय गरेका देउवा आफ्नो निर्णयको चौतर्फी विरोध भएपछि गल्न पुगेका हुन् । देउवाले बुधबार आफ्नै निवासमा पौडेल र सिटौलासहित वार्ता टोलीका नेताहरूसँग कुराकानी गरी समाधानको मार्ग खोजेको कुरालाई लिएर कांग्रेसजनमा उत्साह छाएको छ ।

    देउवाले १४औं महाधिवेशनको कार्यतालिकासहितका पौडेल समूहका मागका विषयमा छलफल थालेका थिए । विवाद समाधानका लागि आन्तरिक गृहकार्यको जिम्मेवारी पाएका उपसभापति विमलेन्द्र निधि, नेताद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाबीच सोमबार भएको छलफलका आधारमा सभापति देउवाले नेता पौडेलसहित कार्यदलका तीन सदस्य तथा महामन्त्री पूर्णबहादुर खड्कालाई निवासमा बोलाएर सबैको कुरा सुनेका थिए ।

    छलफलमा मंसिर २६ गतेको केन्द्रीय कार्यसमितिमा प्रस्तुत एजेण्डाको बैठकले गरेका निर्णयमाथि छलफल भएको स्रोतले जानकारी दिएको छ । सभापति देउवा र असन्तुष्ट नेताहरूबीच भएको कुराकानी सकारात्मक रहे पनि ठोस निष्कर्ष भने ननिस्किएको पनि समाचार स्रोतले जानकारी दिएको छ ।

    वार्तामा विवादको केन्द्रमा रहेको महाधिवेशन कार्यतालिका, नेविसंघको नयाँ कार्यसमिति गठन, नेपाल तरुण दलको विवाद, पार्टीका विभागको संख्या र गठन लगायतका विषयमा छलफल भएको तथा देउवाले पनि उक्त छलफलमा आफ्नो कुरा लाद्ने भन्दा पनि सबै पक्षको कुरालाई बढी मात्रामा सुन्नमा केन्द्रित गरेको पनि समाचार स्रोतले जानकारी दिएको छ ।

    पार्टीभित्र विवाद हुँदाहुँदै पौडेल नयाँदिल्ली पुगेर भारतीय नेताहरूसँग भेट गरेर काठमाडौं फर्किएका थिए । त्यसैगरी देउवालाई दबाब दिनका लागि पौडेलको आव्हानमा कांग्रेसका ५० बढी जिल्ला सभापतिहरुको भेला बोलाइएको थियो जसमा सहभागीहरुले देउवाले गरेको निर्णय फिर्ता हुनुपर्ने तथा अरु नेताहरुले पनि कांग्रेसलाई एक ढिक्का बनाएर लान सहयोग गर्नुपर्ने सुझाव दिएका थिए । सोही कारण पनि देउवा, पौडेल, सिटौला लगायतका नेताहरु वार्ता गर्न तथा एक ढिक्का हुने वातावरण बनाउनका लागि सकारात्मक भएका हुन् ।

    अहिलेको समयमा खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारले निरंकुश ढंगबाट आफूलाई संचालन गर्दै आएको तथा भ्रष्टाचार, कुशासन बढेको जस्ता कार्यहरु भैरहेको भनी चौतर्फी आलोचना भैरहेको अवस्थामा कांग्रेसले सरकार विरोधी गतिविधिलाई तीब्र पारी सरकारलाई सही मार्गमा ल्याउन भूमिका निर्वाह गर्नुपर्ने बेलामा त्यसो नगरेको भनी कांग्रेसजनले आलोलना गर्दै आएका छन् ।

    कांग्रेस आन्तरिक कलहमा रुमलिंदा देशमा भ्रष्टाचार बढेको, सरकार झनै निरंकुश ढंगबाट चलेको अवस्था छ । कांग्रेसले एक ढिक्का भएर सरकारको विरुद्धमा आवाज उठाउने, दबाब दिने जस्ता कार्यहरु गरी आफ्नो प्रमुख प्रतिपक्षी भूमिका निर्वाह गर्नुपर्नेमा त्यसो नगरिंदा कांग्रेसलाई नै हानी हुने अवस्थालाई कांग्रेसका शीर्ष नेताहरुले ध्यान नदिई गुटको राजनीतिमा रमाएको भनी आलोचना हुँदै आएको छ ।

    उता, कांग्रेसको कमजोर भूमिकाका कारण सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले पनि आफ्नो गलत कार्यहरुलाई अघि बढाउँदै गएको भनी बुद्धिजीवी वर्गबाट आलोचना हुँदै आएको छ । उक्त दलले सभामुखको लागि अदातलमा मुद्दा विचाराधीन अवस्थामा रहेका अग्निप्रसाद सापकोटा सभामुख बनिसकेको अबस्था छ ।

    उनको उम्मेदवारी विरुद्ध कांग्रेसले आफ्नो उम्मेदवार समेत नदिई उनको उम्मेदवारीलाई स्वीकारेको अवस्थालाई लिएर कांग्रेसको आलोचना गर्नेहरुको संख्या पनि बढेको छ । त्यसैगरी सरकारको कार्यशैलीबाट वाक्क भएका नेकपाका नेता, कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गर्न चाहेको अवस्थामा पनि उनीहरुलाई प्रवेश गराउन नसक्ने अवस्थामा जिल्लास्तरका कांग्रेसका नेताहरु रहेका छन् ।

    यसैगरी पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा जो पूर्वमन्त्री तथा राप्रपा (संयुक्त)का नेता पनि हुन्, उनले नेपाली कांग्रेसमा ठूलो दलबल समेत प्रवेश गर्ने सोच बनाएको बेलामा कांग्रेस आन्तरिक विवादमा रुमलिएका कारण उनले आफ्नो सोचमा परिवर्तन गर्न पुगेको तथा त्यसले कांग्रेसलाई घाटा लागेको अवस्था छ ।

    कांग्रेसका शीर्ष नेताहरुका बीचमा हुने भनिएको वार्ताले सबै विवादहरुलाई समाधानमा पु¥याउन सकोस् भन्ने कामना कांग्रेसजनको रहेको कुरालाई सबै नेताहरुले बुझेर सही निर्णय गर्न सके कांग्रेसको भलो हुने नयाँ बिर्मशमा उल्लेख छ ।

    सोही विषयलाई लिएर शुक्रबार पुनः कुराकानी गर्ने सहमति भएको जानकारी दिंदै स्रोतले भन्यो,‘अब कांग्रेस भित्रको विवाद आजसम्ममा समाधानको टुंगोमा पुग्नेछ र कांग्रेस एक ढिक्का भएर संगठन विस्तार तथा सरकारको गलत कार्यहरुको भण्डाफोरका लागि लाग्ने छ ।’

    प्रतिकृया दिनुहोस्

    कुवेतबाट नेपाल पैसा पठाउँन लागि सजिलो र भरपर्दो बैंक ‘अमन एक्सचेन्ज’

    कुवेतको अमन एक्सचेन्जबाट नेपालको आईएमई पे वालेट खातामा र आईएमई बैंककाे काउण्टर तथा जुनसुकै बैंक...

    आयुर्वेदिक स्वास्थ्य केन्द्रमा बिरामीकाे चाप बढ्दै

    मोरङ। माेरङकाे रंगेली नगरपालिका ७ स्थित वडा कार्यलयकाे भवनमा बिगत ४ बर्षदेखी मेरो स्वास्थ्य मेरो...

    पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै

    ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ। पाथीभराको दर्शनसँगै...

    भेटेरिनरी अस्पताल अस्तब्यस्त, सेवा नपाउँदा किसान निराश

    सिरहा। सदरमुकाममा सिरहाम रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र अस्तव्यस्त अवस्थामा रहेको छ। अस्पताल...

    इजरायल र हिजबुल्लाहबीच युद्धविराम

    एजेन्सी। अमेरिका र फ्रान्सद्वारा मध्यस्थ गरिएको सम्झौतामा दुवै पक्ष सहमत भएको भन्दै अमेरिकी राष्ट्रपति जो...