News Portal

  • यसकारण मोटीहरुका लागि स्वर्ग छ यो देश

    हिमाली संचार संवाददाता
    ७३२ पटक

    एजेन्सी –बिहे हुनका लागि केवल सुन्दर देखिनुमात्र पर्याप्त छैन । यदि तपाइँ मरिससमा हुनुहुन्छ भने तपाइँ वजनदार पनि हुनुपर्नेछ । मरिसस यस्तो देश हो जहाँ जिउको वजन बढी भएका युवतीहरु बिहे गर्नका लागि तन्नेरीहरुको रोजाइमा पर्दछन् । त्यसैले मरिससमा अविवाहित केटीहरुका लागि जिउको वजन बढी हुनु खुसीको कुरा हुन्छ ।

    तपाइँलाई लाग्नसक्छ महिलाहरुको हकमा जिउको मोटोपना तथा बढि वजन सुन्दरताको सबैभन्दा ठूलो सत्रु हो । तर मरिससको हकमा यो विल्कुलै लागू हुँदैन । उल्टै अविवाहित युवती स्लिम भए अर्थात् जिउमा बोसो लागेन भने तनाव सुरु हुन्छ । परिवारजनले नै धेरै खान र मोटाउन दबाब दिन्छन् । अविवाहित केटाहरुलाई पनि परिवारजनले यस्तै दबाब दिन्छन्, हृष्टपुष्ट केटी खोज्न । त्यसैले दुब्ला पातला केटीहरुको बिहे हुनै कठीन हुन्छ ।

    बेहुलीको वजन बढि भएमा त्यस्तो बेहुलीले घरमा खुसी र शौभाग्य लिएर आउने आम विश्वास छ त्यहाँको समुदायमा । त्यसैले परिवारजनहरु आफ्ना छोरीहरुलाई कम भोजन तथा डाइटिङ गर्न रोक लगाउँछन् ।

    यो दुनिया पनि विचित्रै छ । दुनियाका सबै महिलाहरु जिरो फिगरको पछि कुँदिरहेको बेला उता मरिससका महिलाको जिन्दगी भने निस्फिक्रि छ । उनीहरुको सिद्धान्तै छ : खाउ, पिउ, सुखसँग बस ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...

    पल शाहको ‘हामी छौं फाउन्डेसन’ सञ्चालन, दुर्गममा शिक्षा र स्वास्थ्य सहयोगको घोषणा

    काठमाडौं, मंसिर २१ – अभिनय र मोडलिङमा सक्रिय रहँदै आएका कलाकार पल शाह अब समाजसेवामा...