News Portal

विप्लवले भन्यो– छतका टावर हटाऊ एनसेलका सिम नचलाऊ

हिमाली संचार संवाददाता
६१९ पटक

बुटवल – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पाल्पामा घरका छतमा राखिएका एनसेलका टावर तत्काल हटाउन र एनसेलको सिम बहिष्कार गर्न आग्रह गरेको छ ।

एनसेलले राज्यलाई तिर्नुपर्ने अर्बौं रुपैयाँ कर नतिरेको तर्क गर्दै विप्लवले एनसेलको प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

नेकपा पाल्पाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै एनसेल ‘बढार्ने जनसंघर्ष’ को क्रममा हुने सम्भावित क्षतिप्रति सचेत रहन सर्वसाधारणलाई अपिल गरेको छ ।

‘आजैका दिनदेखि घर, आँगननजिक, घरको छतमा राखिएका एनसेलका टावरहरू हटाउन र एनसेलको सिम बहिस्कार गर्न आम जनसमुदायलाई पार्टी हार्दिक अपिल गर्दछ,’ नेकपा पाल्पाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विप्लव समूहको निशानामा देशभरका एनसेल टावर पर्दै आएका छन् । गएराति मात्रै मकवानपुरका दुई एनसेल टावरमा आगजनी भएको छ ।

 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...